Latest Updates :

अमेरिकी राष्ट्रपतिकी छोरी वेटर काम गर्दा हुने, प्रचण्ड पुत्र प्रकाश चाहि स्वकीय सचिव हुनु नै पर्ने ?


SHARE THIS POST :

एजेन्सीः नेपालका कार्यकारी प्रमुखका छोराछोरी के गर्छन् ? धेरैको जिज्ञासा रहने यो प्रश्न अनुत्तरित छ । यसको ओठे जवाफ सुनिन्छ, ‘राज्यको भत्ता खान्छन् बस्छन् ।’ तर, अमेरिकी राष्ट्रपति बाराक ओबामाकी १५ बर्षीया छोरी साशा ओबामा भने अहिले रेष्टुरेन्टमा काम गरिरहेको खबर सार्वजनिक भएको छ ।

गर्मीको छुट्टीको समयमा राष्ट्रपति भवनको उच्च सुविधा छोडेर साशाले वेटरको काम रोजेकी हुन् । उनी अहिले छुट्टी मनाउदै अमेरिकाकै मासाचुसेट्सको मार्था वाइनयार्डको एक रेस्टुरेन्टमा वेटरको भूमिका निर्वाह गरिरहेको अमेरिकी सञ्चार माध्ययमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालयले भने साशाले रेष्टुरेन्टमा काम गरेको बारे केही बताउन नचाहेको समेत अमेरिकी सञ्चार माध्ययमले उल्लेख गरेका छन् । सासाले रेष्टुरेन्टमा काम गर्न थालेपछि गुप्तचर विभागका ६ जना आउने गरेको समेत बोस्टन हेराल्डले उल्लेख गरेको छ ।

साशासँगै काम गर्ने रेष्टुरेन्टका एक कर्मचारीलाई उद्धृत गर्दै हेराल्डले लेखेको छ, ‘उनी तल्लो दर्जामा काम गर्दै थिइन, उनी काम गर्न आउदा अरु ६ जना आउन थाले, पछिमात्र थहा भयो कि उनी को हुन भनेर ।’

साशा निलो रंगको सर्ट र टोपी लगाएर रेष्टुरेन्टमा आउने अतिथिलाई सेवा दिइरहेको तस्बिरमा देख्न सकिन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv