Latest Updates :

आफ्ना फ्यानलाई छक्याउँदै सलमानले गरे विबाह


SHARE THIS POST :

एजेन्सी – सलमान खानले आफ्नी प्रेमीका लुलियासँग बिहे गरेका छन् । यस विषयमा रोमानियाली पत्रिकाले खुलासा गरेको छ । सलमानले मोडल लुलियासँग गोप्य रुपमा बिहे गरेको उसको दाबी छ । पत्रिकाले भनेको छ बिहेपछि सलमान र लुलिया एक साथ हिँड्न र बाक्लै रुपमा देखिन थालेका छन् । उनीहरुले बिहे गरेपछि सलमानको हाल छायांकन जारी गरेको चलचित्र ट्यूबलाइटको छायांकनस्थलमा लुलिया मात्रै नगई उनका बुबा आमा समेत जान थालेको बताएको छ । उक्त पत्रिकाका अनुसार रोमनियामा लुलियालाई मिसेज खान भन्ने गरिन्छ । मिसेज खानसँग सलमानले चालेको कदमका बारेमा किन गोप्य राखिरहेका छन् भन्ने विषयमा पत्रिकाले केही खुलाएको छैन । सलमानले यस अघि यही वर्षको डिसेम्बरमा बिहे गर्ने बताउँदै आएका थिए ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv