Latest Updates :

माइली तामाङका घरमा जुवाखालबाट १० लाख रकम दुई महिलासहित १६ जना पक्राउ


SHARE THIS POST :

भक्तपुर, ३२ साउन- महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब निरीक्षक विश्व श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार जुवाखालबाट दुई महिलासहित १६ जनालाई पक्राउ गरेको छ । गए राति सूर्यविनायक नगरपालिका–५ पान्डुबजारकी माइली तामाङका घरमा जुवातास खेलाइरहेको जानकारी पाएलगत्तै गएको प्रहरी टोलीले जुवाडे र रु १० लाख ५८ हजार २६० नियन्त्रणमा लिएको प्रहरी वृत्त जगातीले जनाएको छ । पक्राउ परेकालाई हिजै जुवा ऐनअन्तर्गतको कसुरमा भक्तपुर जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv