Latest Updates :

जहाँ एउटा बालकको यस्ताे तस्विर जसले संसारलाई यसरी रुहायो हेर्नुस भिडियो सहित


SHARE THIS POST :

यो बालकको नाम ओमरान डाक्निस हो। रगत अनि धुलोले चिन्नै नसकिने ओमरान चुपचाप एम्बुलेन्समा सहयोगको पर्खाइमा बसेको यो तस्बिरले सिरियामा जारी युद्ध सम्झाउँछ। उ कलिलै छ, कसैले उसलाई पाँच वर्षको बताउँदैछ, सिरिया युद्धको आयु बराबर। तर उसका गोला हात खुट्टा अनि बमले क्षतविक्षत घरबाट उसलाई बाहिर निकाल्ने मान्छेसंग टाँसिएको देख्दा उ अझै कलिलै भएको भान हुन्छ। सिरियाको एलेप्पो सहरमा उ आफ्नो आमाबाबु, भाइ अनि बहिनीसंग बस्थ्यो। बुधबार भएको हवाइ आक्रमणमा उसको घर ध्वस्त भयो, परिवार घाइते भए।

सिरियाको सरकार र रुसलाई आक्रमणको आरोप लगाइएको छ। सिरियाको उत्तरी सहरी एलेप्पो सिरिया गृह युद्धले निकै प्रभावित बनेको छ। एलेप्पो मिडिया सेन्टरले पोस्ट गरेको ओमरानको एक रुवाउने भिडियो अहिले सामाजिक सञ्जालमा सर्कुलेट हुँदैछ। भिडियोमा उसलाई क्षतविक्षत घरबाट एम्बुलेन्ससम्म लगिएको देखिन्छ। कार्टुन छापिएको उसको टिसर्ट धुलाम्मे छ। कालो कपाल धुलोले कैलो बनेको छ। देब्रे गाला रगताम्मे छ। तैपनि उ शान्त छ।उसलाई उद्धार गरि एम्बुलेन्सको सिटमा पुर्याइदाँसम्म पनि उ शान्त छ। उद्धारको क्रममा उ रोएको छैन।

 उसलाई ठूलो आघात परेको छ, उपचारको पर्खाइमा रहेको ओमरान आफ्नो देब्रे हात उठाउँछ, निधार छाम्छ, सायद निधारमा चोट लागेको छ। अनुहार पुस्छ अनि हातमा लागेको रगत हेर्छ। ओमरानलाई पुरिएको स्थान खनेर बाहिर निकाल्न एक घण्टा बढी लागेको थियो। अहिले ओमरानलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ। उसलाई उपचार गरेका डाक्टर मोहम्मेद ओमरान एम्बुलेन्समा ल्याउँदा जस्तो अवस्थामा थियो अहिलो पनि त्यस्तै शान्त छ, सो आघात अझै उस्तै रहेको बताउँछन्।

 ओमरानकी आमा, भाई गम्भिर घाइते छन्।बुधबारको आक्रमणमा अन्य ३ जनाको मृत्यु भयो, कम्पतिमा १२ जना घाइते भए। मारिने मध्ये एक ओमरानको परिवारको आफन्त भएको शंका गरिएको छ। एलेप्पोमा मार्च १५ २०११ देखि १८ अगस्ट २०१६ सम्म १८ हजार भन्दा बढी नागरिक मारिएका छन्। करिब २० लाख मानिस अहिले पनि एलेप्पोमा बस्दछन्।

कुनै बेला एलेप्पो सिरियाको ठूलो सहरमा गनिन्थ्यो। अहिले यो विद्रोही र सरकारको नियन्त्रित गरि दुई भागमा बाँडिएको छ। यी वितेका वर्षमा त्यहाँ हजारौं मानिस मारिएका छन्, मारिनेमा ४ हजार ५ सय भन्दा बढी बालबालिका छन्। कयौंको उठिबास भएको छ, हजारौं अपाङ्ग बनेका छन्।ओमरानको परिवार ती मध्येकै एक हो।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv