वर्षमा एक दिन हरियो हुने नदी
एजेन्सी । वर्षमा एक दिन, सेन्ट प्याट्रिक डे (१७ मार्च) को दिन यो नदीको पानी हरियो हुन्छ। शिकागो नदीमा सन् १९६२ पछि हरेक वर्ष यसै दिन त्यहाँको प्लम्बर एसोसिएशनले नदीमा फ्लोरससीन (एक प्रकारको रसायन) मिसाउने गर्छ, जसको कारण पुरै नदी हरियो पानीमा परिणत हुन्छ।
यो रसायनले प्रदुषण कति छ भनि थाहा पाउन सकिन्छ। केही समय अघि पर्यावरण संरक्षण एजेन्सीले यो रसायनको प्रयोगले नदिलाई नोक्सान गरेको भन्दै आपत्ति जनाएको थियो। पछि यो मुद्धा अन्य रसायनको उपलब्धतासंगै सकियो। अब यहाँ एक हप्तासम्म मानिसहरु हरियो एंव रंगीचंगी लुगा सहित पुग्छन्।
सेन्ट पेट्रिक आयरल्याण्डका सन्त थिए। उनको यादमा यसरी सेन्ट पेट्रिक डे मनाइदै आएको छ। सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। केही देशका क्याथोलिक समाज १७ औँ शताब्दी बाटै१७ मार्चमा सेन्ट पेट्रिक डे मनाउदै आएका छन्।


Post a Comment