Latest Updates :

राँककी मृगौला पीडित विनिताद्धारा उपचार सहयोगको याचना


SHARE THIS POST :
2073 भाद्र 10 शुक्रबार



काठमाडौँ । दुबै मृगौलाले काम गर्न छाडेपछि ओत ८ ओईलाम रोल्पाकी ३१ वर्षीया विनिता वली बिगत ९ महिना देखि अस्पतालको शैयामा छटपटाईरहनुभएको छ ।
२०७२ सालको साउन देखि वलीलाई भारत र नेपालका विभिन्न अस्पतालमा उपचारका लागि लगेपनि मानवअंग प्रत्यारोपन केन्द्र भक्तपुरमा गएको पुसमा दुबै मृगौलाले काम गर्न छोडेको पत्ता लागेको थियो । दुई छोराछोरी आफन्तको घरमा छाडेर श्रीमतीको उपचारका लागि भक्तपुर पुगेका विनिताका श्रीमान लालसिँह वलीले अति निम्न बर्गको आफ्नो परिवार लाई साझ बिहानको छाक टार्न समस्या भईरहदा श्रीमतीलाई एक्कासी यति ठुलो रोग देखिदा ठुलो वज्रपात परेको साथै उपचार गर्न आर्थिक अभाव रहेको दुखेसो गर्नुभयो । श्रीमतीको उपचारका लागि आर्थिक सहयोग गर्न समेत वलीले सबैमा अनुरोध गर्नुभएको छ ।

मृगौला पीडित वलीलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले केहि आर्थिक सहयोग गरेका छन् । दोहा कतारमा रहेको राँक प्रवासी सेवा समाज दोहा कतार(राँक रोल्पा) को पहलवाट ४१ हजार ४ सय २५, पाखापानी ६ का कर्ण घर्तीको पहलबाट १६ हजार, राप्ती चन्द्रमा गेष्ट हाउसका संञ्चालक राँक ८ रोल्पाका लोकेन्द्र वलीले रु १० हजार सहयोग गरेको बताईएको छ । यहि भाद्र ३ गते राँक प्रवासी सेवा समाज दोहा कतार (राँक रोल्पा) र बडाचौर ४ का चेतमान रोकामगरको विशेष पहलमा कतारमा रहेका नेपालीहरुले गरेको सहयोग रकम समाजका प्रथम उपाध्यक्ष नवराज पुनमगरले मृगौला पीडित वलीका श्रीमान लालसिंह वलीको नाममा जम्मा गरिदिएको र अझै आफ्नो संस्था र आफुले सहयोगका लागि पहल गर्ने बताएको पीडितका श्रीमानले लालसिंह वलीले बताउनुभयो ।

भारत र नेपालका विभिन्न अस्पतालमा गरेर हाल १० लाख खर्च भईसकेको पीडितका परिवारले बताएका छन् । आर्थिक अभावकै कारण मृगौला प्रत्यारोपन गर्न नसकिएको परिवारको भनाई छ । वली दम्पत्तिका ११ वर्षका एक छोरा र ७ वर्षकी एक छोरी छन् । मृगौला पीडित विनितालाई बचाउन उनकै नाम रहेको सहयोग रसिद छपाएर सहयोग उठाईरहेको र सहयोग गर्न चाहनेले मृगाौला पीडित वलीका श्रीमान लालसिँह वलीको मोबाईल नं. 9808686903 र दाजु राजेन्द्र कुमार पुनको मोबाईल नं. 9812879272 मा सम्पर्क गरि सहयोग गर्न सकिने पीडित परिवारले जनाएको छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv