Latest Updates :

काभ्रेको बस दुर्घटनामा रूट परमिट नै थिएन,चालकको लाइसेन्स पनि नक्कली


SHARE THIS POST :

भदौ १ ,काठमाडौं –
 काभ्रेको विर्ता देउरालीमा सोमबार दुर्घटनाग्रस्त बसले रूट परमिट नै नलिइ बस सञ्चालन गरेको खुलेको छ । यातायात व्यवस्था विभागले सो रूटमा हालसम्म सार्वजनिक यातायात सञ्चालन गर्न परमिट नै जारी नगरेको जनाएको छ । विभागका निर्देशक बसन्त अधिकारीले दुर्घटनामा परेको बा ३ ख १०३ नम्बरको बसले काठमाडौं जिरी चल्न रूट परमिट पाएको थियो । ‘उक्त सडकमा सार्वजनिक बस चलाउने परमिट नै दिइएको छैन,’ अधिकारीले भने, ‘उक्त बसलाई काठमाडौं जिरी चलाउन परमिट दिइएको थियो ।’ धेरै पहाडी जिल्लामा रूट परमिट बिनै बस चल्दै आएको र ट्राफिक प्रहरीले कारबाही गर्न नसकेको उनले बताए। बस चालकको लाइसेन्ससमेत शंकास्पद रहेको भन्दै अनुसन्धान अघि बढाइएको छ । बस राम्रो अवस्थामा नहुँदा पनि चालकले क्षमताभन्दा धेरै यात्रु राखेर लगेकाले दुर्घटना भएकाले बसका धनीलाई पनि कारबाही गर्न माग गरिएको छ

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv