Latest Updates :

पत्नी र छोरीलाई कुटपिट गर्ने पत्रकार उपाध्यक्ष पक्राउ


SHARE THIS POST :

भदौ १, पोखरा –
पत्नीलाई पटकपटक चरम यातना दिएको उजुरीपछि नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारी पक्राउ परेका छन् । पत्नी गंगाको उजुरीकै आधारमा उनी पक्राउ परेका हुन् । राजेन्द्रले पहिला पनि पत्नीलाई कुटपिट गर्ने गरेको र प्रहरीमा उजुरी पर्दा मिलाप हुँदै गरेको बताइएको छ । यसपटक राजेन्द्रले पत्नी र छोरीलाई कुटपिट गरेका हुन् । पत्नीलाई फलामको रडले कुटेपछि गंगाको टाउकोमा पाँच टाँका लगाइएको छ । आज बिहान प्रहरीले नियन्त्रणमा लिएका राजेन्द अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेशमा रिहा भएपछि घर पुगेका छन् भने स्थानीय महिला समूहले महिला हिंसा गर्ने पत्रकारलाई छाडिएको भन्दै अधिकारीको घर घेराउ गरेका छन् । अधिकारीको घर पोखरा–७ मासबारमा तनाव भएपछि प्रहरीले सुरक्षा दिनु परेको छ । महिलाले अधिकारलाई प्रहरीले पक्रेर कारबाही गर्नु पर्ने माग गर्दै नारबाजी गरेका छन् । अधिकारी पोखराबाट प्रकाशित डन न्युज दैनिकका सम्पादक हुन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv