Latest Updates :

यातना दिएको आरोपमा शिक्षक पक्राउ


SHARE THIS POST :

भदौ १, भोजपुर –
 शिक्षकले मानसिक तथा शारीरिक यातना दिएको भन्दै विद्यार्थीले विष सेवन गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेकोे छ । पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा प्रहरीले मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । कक्षा ६ मा अध्ययन गर्ने १३ वर्षीया बालिकालाई बिहे गर्ने भनेर पटकपटक जिस्काएको शिक्षक प्रधानलाई आरोप लागेको छ । सो कुरा बालिकाले प्रधानाध्यापक गङ्गाप्रसाद राईलाई जानकारी गराएपछि शिक्षक इन्द्रवीर प्रधानले बालिकालाई पिटेर शारीरिक यातना दिएपछि बालिकाले विद्यालयबाट घर फर्केर विष सेवन गरेको आरोप बालिकाको परिवारले लगाएको छ । विष सेवनपछि बालिकालाई मङ्गलबार जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । हाल बालिकाको स्वास्थ्यमा सुधार हुँदै आएको र पूर्णरुपमा सुधार आएपछि अनुसन्धानले निष्कर्ष पाउने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv