Latest Updates :

घर परिवार सबैलाई सम्झाई-बुझाई सुसाईट नोट लेखेर आत्महत्या (यस्तो छ सुसाईट नोट)


SHARE THIS POST :

सन्तोषकुमार गुप्ता । साउन २१, दाङ । देउखुरीको सिसहनिया स्वास्थ्य चौकीका निवृत इन्चार्ज शिवहरि शर्माले बिहिबार राती सुसाईत नोट लेखेर आत्महत्या गरेका छन् । सिसहनियाँ—७ लठहवा निवासी करिब ६० बर्षीय शर्माले चार पृष्ठको सुसाईट नोट लेखेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए ।

सुसाईट नोटमा आत्माहत्याको ठोस कारण नखुलाईएको प्रहरीले जनाएको छ । शर्माको शव घर नजिकैको नालामा मृत अवस्थामा फेला परेको थियो । उनको मृत्युको आधिकारिक कारण भने पुष्ठी हुन नसकेको प्रहरीले जनाएको छ | शर्माले लेखेको उक्त सुसाईट नोटमा ईलाका प्रहरी कार्यालय भालुवाङ र सिसहनियाँ प्रहरी चौकीलाई सम्बोधन गर्दै 'म आफू खुसी आत्महत्या गरेको हुँ, यसमा कोही पनि दोषी छैन' भन्ने उल्लेख गरिएको छ ।

सुसाईट नोटमा आफ्नो घर परिवार, श्रीमती, छोरा, छोरी, भाई, बहिनी, इष्टमित्र, स्वास्थ्य चौकीका कर्मचारी, साथीभाईहरुलाई सम्झाई-बुझाई गरीएको छ ।

मृतक शर्माको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र लमही पठाईएको प्रहरीले जनाएको छ ।

यस्तो छ सुसाइट नोट:














SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv