एम बर्तमान राना/भाद्र ७, काठमाडौं । जिबन थापा मगरलाई न्याय दिलाउने अभियान अनुरुप सत्य तथ्य बुझ्ने शिलशिलामा नेपाल मगर संघ केन्द्रीय समितिले पहिलो पाईला सार्दै फिलिपिन्स महाबाणिज्यदुतको कार्यलयलाई अनुरोध पत्र पठाएको छ । पत्रमा "नेपाली नागारिक जीवन थापा मगरसंग विबहा गरि बिगत ५ बर्ष देखि नेपाल बस्दै आएकी फिलिपिनो नागारिक जोया र उनीहरुको दाम्पत्य जिबनबाट जन्मिएको २ छोराहरुलाई आदर्श ग्रीह संस्था चितवनको पहलमा नेपालको प्रसासनले फिलिपिन्स पठाएको भन्ने विभिन्न संचार माध्यममार्फत यस संस्थालाई जानकारी हुन आएको हुदा सो घटनाको सम्बन्धमा सत्यतथ्य बुझ्न निजहरु नेपालबाट फिलिपिन्ससम्म जानका लागि तयार गरिएको सम्पूर्ण कागजातहरुको प्रतिलिपि यस संस्थालाई उपलब्ध गराई सहयोग गरि दिन हार्दिक अनुरोध गरिन्छ ।" उल्लेख गरिएको छ ।

जिबन थापामगर र उनको परिवारमा यसरी अन्यायको बज्रपात हुदा नेपाल मगर संघ कहा थियो के गरिरहेको छ भन्ने सम्बन्धमा प्रस्ट पार्दै अध्यक्ष नबिन रोकामगरले भन्नुभयो -"नेपाल मगर संघ र यसको अध्यक्ष कुनै भगवान होइन कि नेपालमा कोको मगरहरुलाई अन्याय हुदैछ भन्ने कुरा म्याजिक रुपमा थाहा पाउने ! समयमा खबर गर्नु पर्छ नि त यसो हुदैछ भनेर र पो हामिलाई काम गर्न सजिलो हुन्छ । कुनै रिपोर्ट नगर्ने, जानकारी नगराउने, अनि मगर संघले किन काम गरेन भन्ने ? त्यसैले सबै मगर दाजुभाई दिदीबहिनीहरुले घटेको घटनाबारे समयमा रिपोर्ट गर्न अनुरोध गर्नु हुदै जिबन थापा मगरमाथि परेको अन्याय साच्चै नै सत्य हो भने एक मुठी रगत रहे सम्म न्यायको लागि लड्ने बताउनु भयो ।
नेपाल स्थित फिलिपिन्सको कन्सिलर कार्यालयका प्रसासकिय अधिकृत अनु प्रधानलाई नेपाल मगर संघको पत्र बुझाई आबश्यक सहयोग सहित जोया र दुई छोरा कसरी फिलिपिन्स पुगे आबश्यक कागजातको प्रतिलिपि दिएर सहयोग गर्न अनुरोध गर्दा सबै सहयोग गर्न सकिने तर कागजात दिने अधिकार आफुमा नरहेको बताउनु भयो । जोयाको अबास्था बारे प्रश्न गर्दा जोयालाई फर्काउने काम नेपालबाट नभई सिधै फिलिपिन्सको पररास्ट्र मन्त्रालयले भारत स्थित एम्बेस्सी र एम्बेस्सी निर्देशनमा नेपालको कन्सुलर कार्यालयले एक महिनामै फर्काउने काम पुरा गरेको बताउनु भयो । उड्ने क्रममा उनिहरुसंग नेपालको आधिकारिक कागजातहरु केके थिए भन्ने प्रश्नमा प्रधानले भन्नु भयो "जोया र बच्चाहरुको कुनै पनि कागजातहरु थिएन, हाम्रो कन्सुलर अफिसले बनाएको काठमाडौं-आबुधाबी-मनिलाको ट्राभल डकुमेन्ट र फ्लाईट टिकेट बाहेक केहि अन्य कागजात थिएन । एउटा पासपोर्ट थियो तर झुत्रो भईसकेको थियो । यानेकि ति दुइ छोराहरु जोयाकै छोराहरु हुन भन्ने सामान्य प्रमाण समेत थिएन । यसले कुनै पनि ठाउमा अप्ठ्यारो पर्ने सम्भावना रहेको बताउदै मनिला सकुशल पुगे पछी आफुलाई मेल गर्न भिजिटिंग कार्ड समेत दिएको तर आजसम्म मलाई मेल र जानकारी नआएको बताउनु भयो ।
१५ मा फ्लाईट थियो यसकारण उनलाई मैले १४ मा बोलाए र उनलाई लिएर संस्थाको मान्छे आएको बताउदै अलि अघाडी बोलाईएको भए उनका सबै कुराहरु सुन्न पाईने थियो तर पनि फुर्सदको समय निकालेर कुराकानी गर्दा जिबन, जीवनका आमा र जिबनको बहिनि मंजुको बारेमा धेरै गफ गरेको र उनीहरुको गुनासो भन्दा पनि धेरै मिस गरेको, टेक केयर भनेको र आशु खसाई रुएको आफुलाई पनि आशु आएको प्रधानले बताउनु भयो यसैमा थप्दै राम्रो पैशा कमाएर पुन ५ बर्ष पछाडी नेपाल फर्कने कुरा पनि उनले बताए ।
जोयालाई कहाबाट संस्थामा लागेको हो भन्ने प्रश्नमा वहाले भन्नु भयो- सडकबाट बेहाल अबस्थामा उठाएको संस्थाले जानकारी गरेको भनेपछी त्यसको जावाफमा जोयालाई कुनै सडकबाट नभई कोठाबाटै लागेको प्रमाण सुनाएपछी, ए यस्तो पो हो र भन्दै किन मलाई संस्थाले यसरी ढांटे भन्दै छक्क पर्नु भएको थियो । यत्रो आधिकारिक संस्थाले नेपालका बुहारी जोया र दुई छोरालाई अबैधानिक रुपमा देश निकाला गर्दै गर्दा तिनीहरुलाई जन्म दर्ता, विबहा दर्ता, नाता प्रमाणित कागजात दिलाउने किन पहल भएन ? प्रसासन, त्यो संस्था र तपाईहरु कहा हुनुन्थ्यो ? भन्ने प्रश्नमा मैले जिल्ला प्रसासन र संस्थामा कुरा त गरे तर जिबनसंग ति कागजात बनाउनको निम्ति कुनै कागजात र प्रमाण थिएन भन्ने जानकारी भयो तर मैले यस बारे त्यस्तो धेरै सोचिन ।
आदर्श गृह संस्था र प्रसासनले ठुलो र उदारहणीय उद्दार गरेको भनेर घमण्डले फुली रहदा जोया र जिबन थापा मगरसंगै घटेको यो गम्भीर घटनाले निम्त्याईएको परिस्थिति प्रतिकुल बन्दै गएको अबस्था छ । देश निकाला गरिएको नेपाली भूमीका ति अबोध नेपाली बच्चा बेबारिसे बच्चा बनाएर देश निकाला गरिएको छ । के त्यो संस्था र प्रसासनलाई थाहा थिएन र ति नेपाली बच्चा हुन् भन्ने ? बिशेसता रोजगारीको शिलशिलामा रहेको नेपालहरुमाथि गालि गौलाज, अपमान गरेको पाईएको छ । फिलिपिन्समा नेपालि बिद्यार्थी माथि नै भौतिक प्रहार भएको अबस्था छ । फेरी पनि यस्ता घटना नाघत्ला भन्न सकिन्न । विदेशबाट म सम्पादक हुनुको नाताले मलाइ सयौं कल आएका छन् उनीहरुको चाहाना जोया र जिबनको पुनर्मिलन कुनै हालतमा गराउन जस्तो सुकै कसर बाँकी नराख्ने उद्घोष गर्नु भएको छ । कुनै ठाउँमा त जिबन थापा मगर न्याय अभियान भन्दै आर्थिक संकलन शुरु गर्न पनि लागिरहेको छ ।
यसको साथै बिदेशी भुमिमा काम गरिरहेको ४० औं लाख नेपालि युवाहरुको कर्तब्य, नैतिकता, अनुसासन जिम्मेवारीमा समेत लागेको शंका र कालो धब्बालाई सधैको लागि हटाउन जोया र जिबनको पुनर्मिलन आबश्यक रहेको बताइएका छन् । एक बिदेशी पर्यटकले यस्तो पनि भनेका छन् कि नेपालमा आई विबहा गर्ने अबैधानिक रुपमा बर्षौं बस्ने र आपत परेको भनेर निबेदन गर्ने अनि पैशा तिरेर ति बच्चा लिएर जाने ! कति सजिलो ? के यो मानब तस्कर भएन र ? यो गम्भीर बिषय होइन र ? रास्ट्रियताको ठुला-ठुला भाषण छाड्ने ति नेताहरु देशको यो गम्भीर बिषयमा पनि किन मौन छ ? बिदेशी भूमिबाट ति लाखौँ नेपाली युवाहरुको प्रश्न सोधिरहेका छन् कि हामिमाथि लागेको अपमानको यो कालो धब्बा कसरी र कहिले सम्म हटाउछौं ? यो उत्तरको प्रतिक्षामा हामि बसिरहेका छौं/पर्खिरहेका छौं -
Post a Comment