Latest Updates :

आखिर किन टाढीए दुई अभिनेत्री खान परिवारबाट ?


SHARE THIS POST :
प्रकाशित मिति : २०७३ भदौ ८ बुधबार



मुम्बई  । सलमान खानकी गर्लफ्रेन्ड लुलिया वन्तुरलाई सलमानको र अभिनेत्री डेजी शाहकोे सामिप्यता मन परेको थिएन् ।

उनले आफूलाई उनीहरुको सामिप्यता मन नपरेको कुरा खान परिवारसँग पनि गरेकी थिईन् । त्यसैले डेजी आजकाल खान परिवारबाट टाढा रहने गर्छिन् । पहिला प्राय खान परिवारमा देखिने र भेटिने डेजी आजकाल पर्वका बेला पनि खान परिवारमा जाँदिनन् ।

त्यस्तै खान परिवारबाट पर रहने सूचीमा अहिले अर्की नायिका पनि परेकी छिन् । उनको सम्बन्ध खान परिवारसँंग बिग्रिएको छ । हुमा र सोहेलको अफेयरको हल्लाले केहि समय अघि बलिउड तताएको थियो । तर, यो खबरलाई नकार्दै हुमाले आफ्नो ट्वीटरमा सोहेल आफ्नो दाई जस्तो मान्छे भएको बताएकी थिइन् ।

त्यसपछि पनि उनीहरुको सम्बन्धमा सुधार भने आएन । खबर अनुसार सोहेलकी पत्नी सिमालाई हुमा आफ्नो परिवारको कुनै चाड पर्वमा समावेश भएको मनपर्दैन् । सोहेल र सिमा पनि केही समयका लागि एकअर्काबाट अलग भएका थिए । यसको कारण पनि हुमा र सोहेलको बढ्दो निकटतालाई नै मानिएको थियो ।

तर, अहिले सोहेल र सीमा आफ्नो सम्बन्ध सुधार्ने जमर्को गरिरहेका छन् । त्यसैले पनि हुमा आजकाल खान परिवारबाट पर रहने गर्छिन् । उनले यसपालि सलमानको परिवारसँग ईद पनि मनाइनन् । यति मात्र हैन उनी अर्पिता र लुलियाको जन्मदिन र रक्षा बन्धनमा पनि गइनन् ।

हुमा र सलमानकी बहिनी अर्पिता बीच राम्रो मित्रता छ । हुमा खान परिवारबाट टाढा रहने गरेको कुरा अर्पिताले बुझेकी छन् । तर, उनले हुमासँगको आफ्नो मित्रतालाई चिसिन भने दिएकी छैनन् ।





SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv