Latest Updates :

थाइल्याण्डको रिसोर्टमा दुईवटा बम विष्फोट, एक महिलाको मृत्यु


SHARE THIS POST :
शुक्रबार, साउन २८, २०७३

२८ साउन, काठमाडौं । थाइल्याण्डको एक रिसोर्टमा दुईवटा बम विष्फोट भएको छ । विष्फोटमा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । विष्फोटमा घाइते हुनेहरुमा विदेशी पर्यटक पनि छन् ।

थाइल्याण्डको ह्वा हिन रिसोर्टमा बम विष्फोट भएको हो । प्रहरीका अनुसार गमलामा बम राखिएको थियो र आधा घण्टाको अन्तरालमा मोबाइल फोनमार्फत् विष्फोट गराइएको थियो ।

थाइल्याण्डको तीन दक्षिणी प्रान्तमा बम विष्फोट हुनु सामान्य मानिन्छ । त्यहाँ चरमपन्थी हमला हुने गर्दछ तर थाइल्याण्डको पर्यटक इलाकामा हमला खासै भएको थिएन ।

उक्त रिसोर्ट विदेशी र थाई पर्यटकबीच निकै लोकपि्रय मानिन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv