Latest Updates :

एक पिता जसले यसरी आफ्नै छोरीलाई बलात्कार गरेर गर्भवती बनाए


SHARE THIS POST :


मेलबर्न, १३ भदौ । अस्ट्रेलियाको सहर मेलवर्न सिटीमा बस्दै आइरहेका एक व्यक्तिलाई त्यहाँको एक अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । आफ्नै किशोरी छोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि उनलाई अदालतले यस्तो सजाय सुनाएको हो। डेलीमेलले दिएको रिपोर्ट अनुसार आरोपीले आफ्नै छोरीलाई चक्कुका भरमा धम्की देखाउँदै आफुले गरेको अपराध लुकाउन खोजेका थिए । आरोपीकी श्रीमतीले यस घटनाबारे थाहा पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।
 पीडित किशोरीलाई विभिन्न बाहनामा बलात्कार गर्ने र धम्की दिने काम आरोपीले गरेका थिए। घरमा एक्लो भएको अवस्थामा आफ्नै छोरीमाथि बलात्कार गर्ने पितालाई प्रहरी हिरासतमा राखिएको थियो । भिक्टोरियन काउन्टी कोर्टमा मुद्धा दर्ता गरिएको थियो । पीडित किशोरीका वकिलले किशोरीकै बेड रुममा बलात्कार गरेको आरोप लगाएका थिए। अदालतमा भएको सुनवाईमा आरोपीले आमा अथवा अरु कसैलाई भनेमा चक्कुले हानेर मार्ने घम्की दिएका थिए । आफ्नो कुरा नसुन्ने भन्दै आरोपीले बारम्बार कुटपीट गर्ने गरेका थिए । आरोपीले पोर्न फिल्म हेर्न बाध्य बनाएको र पोर्न फिल्ममा जस्तै कार्य गर्न बाध्य पारेको सुनुवाईमा बताइएको थियो। शारिरीक यातना र बलात्कारको शिकार भएकी १४ वर्षीय किशोरीमा केही समय पश्चात गर्भवती भएका लक्षणहरु देखिन थालेका थिए ।
 जब पीडित किशोरीकी आमाले किशोरीको पेट बढेको थाहा पाइन् र यसबारे अारोपीलाई बताइन्, आरोपीले किड्नीमा पत्थरी परेको भन्दै कुरा टाल्न खोजेका थिए । श्रीमतीलाई भ्रमित पार्न खोजेका आरोपीले पिडित किशोरी गर्भवती भएको कुरा लुकाउन हरसम्भव प्रयास गरेका थिए। अदातलमा न्यायधीशले आरोपीलाई सोधेका थिएँ, तिमीले आफ्नी श्रीमतीलाई विश्वास कसरी दिलायौ कि त्यो किड्नीमा पत्थरी नै थियो भनेर? उल्टै छोरीलाई पानी र खाने कुरा धेरै नखाएको भन्दै दोष लगायौ ।पीडित किशोरीकी आमालाई शंका लागेपछि उनी छोरीलाई लिएर डाक्टरकोमा जचाँउन पुगेकी थिइन् ।
 जचाउन पुग्दा उनी आश्चर्य चकित परिन्। छोरी गर्भवती भएको थाहा पाएपछि उनको होसहवास नै उडेको थियो । त्यस घटना लगत्तै उनी प्रहरीमा उजुरी गर्न गएकी थिइन् । आरोपीले प्रहरीलाई दिएको बयानमा भनेका छन्, म मान्छे होइन । म जनावरभन्दा पनि तल्लो स्तरको व्यक्ति हुँ । न्यायधीशले मानवको नाममा कंलक भएको भन्दै १० वर्षको जेल सजाय सुनाएका हुन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv