Latest Updates :

सस्पेन्स,थ्रिलर र एक्सनले भरिएको ‘द विनर’को ट्रेलर सार्बजनिक..


SHARE THIS POST :

हलिउड र बलिउडको स्तरमा बनेको चलचित्रको रुपमा चर्चा बटुलिरहेको ‘द विनर’को ट्रेलर सार्बजनिक गरिएको छ ।चलचित्रको निर्माण पक्षले सोमबार सामाजिक संजाल युट्युब मार्फत ट्रेलर सार्बजनिक गरेको हो ।
हलिउड शैली झल्किनेगरी सार्वजनिक गरिएको ट्रेलर बाट चलचित्रको डिमाण्ड बढ्ने आशा गरिएको छ। यस अघि सार्बजनिक भएको टिजर र ‘परी’ बोलको गीतले पनि चलचित्र उत्कृष्ट बनेको प्रष्ट पार्दै आएको थियो।
सस्पेन्स,थ्रिलर र एक्सनमा आधारित रहेको ट्रेलरमा चलचित्रका मुख्य नायक नायिका महेशमान श्रेष्ठ,पुर्ब मिस नेपाल मलिना जोशी,रोयल मास्के,मन्चिन शाक्य,राजकुमार पन्त, रेशु तामाङ र अमित गिरीलाई देख्न सकिन्छ्।

अष्ट्रेलियामा चलचित्रको भब्य रेड कार्पेट प्रिमियरको तयारीमा रहेको निर्माण पक्षले सार्बजनिक ट्रेलरलाई आम दर्शकले रुचाउने विश्वास लिएको छ। भने,चलचित्रको अहिले सम्मको प्रतिकृया,टिजर,गीत र ट्रेलरको स्तरका हिसाबले नै ओभरसिज राईट निकै महंगो मुल्यमा बेच्ने भएका छन् ।
चलचित्रको अष्ट्रेलिया लगायतका देशहरुमा ओभरसिज राईट बिक्री भईसकेको छ । भने अन्य देशहरुका लागि निर्माण पक्षले उत्कृष्ट मुल्य खोजिरहेको निर्माता बिकास खरेलले जानकारी दिए ।
हिक्मत बिष्ट निर्देशित तथा अष्ट्रेलिया,दुबई र नेपालमा छाँयाकन गरिएको चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी,बिकास खरेल,रितेश राणा,सृजना शाह,रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रलाई अष्ट्रेलियन सिनेमेट्रोग्राफर एन्टोनी मिखो र पुरुशोतम प्रधानले खिचेका हुन ।





SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv