Latest Updates :

दुखको खबर :कोरियामा एक नेपालीको सवारी दुर्घटनामा मृत्यु


SHARE THIS POST :

पाँचथर, १८ साउन ।

 दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा भन्ज्याङका ३० वर्षीय सुवास मुखिया गम्भीर घाइते भएका छन् । उनको अहिले खङ्वन्दो वन्जुसिकै खिदोक हस्पिटलमा उपचार भइरहेको त्यहाँबाट भीमराज चेम्जोङले जानकारी दिनुभयो । गत शुक्रबार कार दुर्घटना हुँदा आचार्यको घटनास्थलमै मृत्यु भएको र उनका साथी मुखिया गम्भीर घाइते भएको कुसुम बास्कोटाले जानकारी दिनुभयो । आचार्य भर्खरै मात्रै र मुखिया एक वर्ष अघि कोरिया पुगेका थिए । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv