Latest Updates :

यसकारण पिउनुहुँदैन खाना खाएलगत्तै चिया


SHARE THIS POST :

 चाहे बिहान होस् वा बेलुकी चिया मानिसको सरीरमा स्फूर्ति भर्ने पेयको रुपमा खपत हुँदै आएको छ । चियाको चुस्कीले दिनभरको सबै थकान मेटिदिने मात्र होइन हरेक बिहानलाई ताजगीपूर्ण बनाइदिने काम पनि गर्दछ ।

 खानापछि चिया पिउने बानी धेरै मानिसको हुन्छ । कतिपयको भने खाली पेटमा वा खाना नखाँदै चिया पिउने बानी हुन्छ । विज्ञका अनुसार खाना खाइसकेपछि चिया खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

 खाने खाएलगत्तै चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । चियाको पत्तीमा अम्लीय गुण हुन्छ । जब यो खानामा रहेको प्रोटिनसँग मिल्दछ यसले प्रोटिनलाई क्षयिकृत गर्ने काम गर्दछ ।

 जसका कारण प्रोटिनलाई पचाउने काममा बाधा उत्पन्न हुन्छ । यसको अर्को कारण पनि छ । चियामा क्याफाइन तत्व हुन्छ ।

 जसले रक्तचापलाई बढाउँदछ । यसले सरीरमा कोर्टिसोल अर्थात स्टेरोइड हर्मोनको मात्रा पनि बढाइदिन्छ । जसले सरीरमा अनेक प्रकारका समस्या उत्पन्न गरिदिन्छ । मुटुसँग सम्बन्धित समस्या देखि लिएर मधुमेह र वजन बढ्ने लगायतका समस्या यसमा सामेल हुन्छन् ।

 त्यस्तै चियामा पोलिफेनोल्स तथा ट्यानिन्स जस्ता तत्व पनि पाइन्छन् । यसले खानामा रहेको आइरन तत्व सरीरलाई शोस्न दिँदैनन् ।

 त्यसैले खासगरी आइरनको कमी रहेका वा हुने जोखिम रहेका महिलाहरुले खाना खाइसके लगत्तै भुलेर पनि चिया खानु हुँदेन ।

 यदि तपाइँलाई खाना खाइसकेपछि चिया वा कफी नपिइ हुँदैन भने खाना खाइसकेको कम्तीमा एक घण्टापछि मात्र पिउनु राम्रो हुन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv