Latest Updates :

देउवालाई फेसबुकबाट चुनाैतीः मेरा पति तलमाथि भए म पनि बाँच्ने छैन


SHARE THIS POST :

६ दिनदेखि आमरण अनसन बसेका विद्यार्थी नेताको स्वास्थ्य बिग्रँदै गएपछि अनसनकारी मध्येका एक विद्यार्थी नेताकी पत्नीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएकी छन्।

 नेपाल विद्यार्थी संघका फर्जी प्रतिनिधी सच्चाएर विधिवत महाधिवेशन गर्न माग गर्दै छ दिनदेखि आमरण अनसनमा बसेका नेपाल विद्यार्थी संघका दुई नेताको स्वास्थ्य गम्भीर बनेपछि अनशनकारीकी पत्नीले पार्टी सभापति देउवाको ध्यानकर्षण गराएकी हुन्। गत शनिवारबाट नेपाली कांग्रेसको मुख्यालय सानेपामा अनसन बसेका नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र रत्नहरि ढुंगेलको स्वास्थ्य बिगँदै्र गएको छ।

 सापकोटाकी पत्नी गौरी पौडेलले बिहीबार फेसबुकमा पार्टी सभापति शेरबहादुर देउवाको नाममा अपिल गर्दै पतिको जीवन रक्षाको माग गरेकी हुन्। ‘मेरो पति गणेश सापकोटा यसअघि पनि नौं दिनसम्म आमरण अनसनमा बस्नुभयो, माग पूरा गर्ने सहमतिपछि अनशन तोड्नु भयो। त्यसपछि उहाँको स्वास्थ्य निकै बिग्रिएको थियो,’ पौडेलले आफनो फेसबुक स्ट्याटसमा लेखेकी छन्, ‘अहिले पुनः

पार्टीको आन्तरिक बिवादका कारण ६ दिनदेखि आमरण अनशनमा बस्नु भएको छ।’ थप लेखिएको छ, ‘प्रजातन्त्रिक पार्टिभित्र प्रजातन्त्रको खोजी गर्दागर्दै मितिहरुको बुवा......’ मैले यी नावालकहरुलाई कसरी सुनाउन सक्छु ?’ पत्नी सापकोटाको मन पार्टीमा समर्पित भएजस्तै उनको पनि मन पतिमै आश्रित रहेको भावना पोखेकी छिन्।

पत्नी पौडेलले सभपति देउवासँग पतिको जीवन रक्षाको विक्षिप्त हृदयबाट अनुरोध गरेकी छन्। आफू अनसनमा बसेका विद्यार्थी नेता सापकोटाको पत्नी भएको नाताले स–साना बच्चा र सिउँदोलाई साक्षी राखेर उनले लेखेकी छन्, ‘तलमाथि नराम्रो केही भएमा तपाइँका नाममा प्रजातन्त्र माग्दै मेरो पनि बलिदिानी हुने पक्का छ।’ दुवै जनाको स्वास्थ्य खतरामा रहने पनि पार्टी नेतृत्वले चासो नदिएको नेविसंघका विद्यार्थी नेता डिल्लिराम सुवेदीले बताए। ‘वहाँहरुलाई अस्पतालमै लगेर उपचार गर्न चिकित्सकले सुझाब दिएका छन्,’

 सुवेदीले नागरिकसँग भने, ‘पार्टीले माग सम्बोधन नगर्दासम्म अनसन नतोड्ने बताएकाले दुवैको स्वास्थ्य जटिल बन्दै गएको हो।’ यता बिहीबारै नेता सुवेदिसहितका करिब ७ सय नेविसंघका प्रतिनिधिहरु सभापति देउवा, नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई भेटी सबै अवस्था स्पष्ट सुनाइसकेको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार सुवेदीले बताए।

 आफ्नै कार्यकर्ता छ दिनदेखि पार्टी कार्यालयमा आमरण अनसन बसिरहँदा पार्टी सभापति शेरबहादुर देउवा भने कसलाई मन्त्री मण्डलमा पठाउने भन्नेमा व्यस्त छन्। आमरणन अनसन बसेका विद्यार्थीले ५२ जिल्लामा मात्र विधिवत् अधिवेशन भए पनि नेविसंघका बर्तमान अध्यक्ष रन्जित कर्णले एकलौटी ढंगले प्रतिनिधी छनोट गरेको आरोप लगाएका छन्। २२ जिल्लामा प्रतिनिधी टाँस गरेकोले त्यसलाई सच्चाउनको लागि पार्टी नेतृत्वले प्रतिवद्धता जनाउनु पर्ने माग गरेका छन्।

कांग्रेसले पार्टी महाधिवेश सम्पन्न गर्नको लागि कांग्रेसले केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ। नेविसंघको अधिवेशन आगामी आइतबार (२३ गते)बाट काठमाडौंमा सुरु हुँदैछ। ‘२२ जिल्लमा नेविसंघका नेतृत्वले भागबन्डा गरेर नेतृत्व टाँस्ने काम गरेको हामीलाई मान्य हँुदैन,’ सुवेदीले भने, ‘एउटै जिल्लमा दुई तीन वटासम्म जिल्ला अध्यक्षको नामा पठाइएको छ।’ उनले थपे, ‘३ हजार महाधिवेशन प्रतिनिधि भनिएकोमा ८ सय फर्जी छन्।

’ साउन २३, २४ र २५ गते हुने तय भएको महाधिवेशन खर्च १ करोड ७८ लाख ८० लाग्ने भएको छ। कुल ३ हजार २ सय महाधिवेसन प्रतिनिधिको गाँस र बासको व्यवस्थापनमा पौने दुई करोडभन्दा बढी खर्च लाग्ने महाधिवेसन प्रचार संयोजक मोतिलाल भण्डारीले बताए। महाधिवेशनमा विभिन्न गुट उपगुटहरुबाट विभिन्न नेताहरुले आ–आफ्नो उम्मेदवारीको घोषणा गरेका छन्।

सभापति देउवा समुहबाट अध्यक्षमा नैनसिंह महर, जितजंग बस्नेत, सरोज थापा छन्। वरिष्ठ नेता पौडेल पक्षबाट मनोजमणि आचार्य, क्षितिज भण्डारी, निलकण्ठ रिजाल, दिपक भट्टराईले दावि गरेका छन्। तेस्रो सिटौला पक्षबाट कुन्दनराज काफ्ले र खुमबहादुर खड्का पक्षबाट शुभराम बस्नेतले अध्यक्षको उम्मेदवारको घोषणा गरेका छन्।

महामन्त्रीमा मोतिलाल भण्डारी, रामप्रसाद अधिकारी, उर्मिला थपलिया, डिल्लिराम सुवेदी, पुष्पकुमार शाहीलगायत १२ जनाभन्दा बढीले आफ्नो उम्मेदवारीको घोषणा गरेको उनले बताए। अन्य सबै पदमा करिव पाँच सय जनाको उम्मेदवारी पर्ने निश्चित रहेको महामन्त्री पदका उम्मेदवार मोतिलाल भण्डारी जानकारी दिए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv