Latest Updates :

को हुन यिनी ? गायक खेमराज गुरुङको मृत्यु हुँदा खुशीले खसीको मासु खाने ‘रहस्यमय युवती’ चिनी राखौ है !


SHARE THIS POST :


मृत्यु सबैका लागि अप्रिय नै हुन्छन् । आफन्त नै नभए पनि मृत्युको खबर सुनेर हरेक व्यक्तिको मनमा शोकको भावना स्वतः जागृत हुन्छ,यो मानवीय संवेदनाको उपज हो । अझ समाजमा चिनिएका र लोकप्रिय व्यक्तिहरुको निधनको खबर सिंगो समुदाय र देश नै शोकाकुल बन्छन् । जस्तो लोकप्रिय गायक खेमराज गुरुङको निधनले संगीत क्षेत्र मात्र होइन सिंगो मुलुक नै यतिखेर शोकाकुल बनिरहेका छन् ।
वारि जमुना,पारि जमुना जस्ता सदाबहार गीत गाएर खेमराजले नेपाली श्रोता दर्शकहरुको मात्र होइन विदेशी श्रोता दर्शकहरुको मनमा समेत राज गरेका छन् । उनको यो गीतलाई रेशम फिरिरि पछिको सर्वाधिक लोकप्रिय र जनप्रिय गीत मानिन्छ ।

उनै गायक खेमराजको विहीवार साँझ निधन भएको छ । पछिल्लो समय रक्सीका कारण पुनस्थापना केन्द्रको सहारासम्म लिनपरेका गायक गुरुङको मृत्युको कारण त्यही रक्सी भयो । उनको अन्तिम अन्त्येष्टि आइतवार हुँदैछ । त्यसभन्दा अघि उनको पार्थिव शरीरलाई प्रज्ञा प्रतिष्ठान कमलादीको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिनेछ । स्वर्गीय गायक खेमराज अमेरिकामा हुने एक कार्यक्रमको तयारीमा थिए । त्यसका लागि उनको भिसा समेत लागिसकेको थियो ।,

स्वर्गीय खेमराजको अन्त्येष्टि समेत हुन बाँकी छ । तर उनको मृत्युको बारेमा कडा अभिव्यक्ति दिएर एक जना युवती भने यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेर छाएकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमा रीता सिलवाल ह्याण्डल एकाउन्ट भएका ती युवतीले गायक गुरुङका बारेमा पचाउँन समेत गाह्रो पर्ने शव्दहरु पोखेर उनको मृत्युमा आफूले उत्सव मनाइरहेको अभिव्यक्ति दिएकी छिन् ।

उनले लेखेकी छिन्– अब चट्ट एक किलो खसीको मासु ल्याएर फ्राइ गरेर खुशीयाली मनाइन्छ । रेविज लागेका कुत्ता जो मर्याछ । #खेमराज गुरुङ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv