Latest Updates :

पाईलट रन्जन लिम्बुले समृद्धि राईसँग यस्तो इच्छा सुनाएका


SHARE THIS POST :

काठमाडौं, २४ साउन ।

 फिसटेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाईलट सहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शिशु समेत छन् ।
दूर्घटनामा मृत्यु भएका पाईलट राजन लिम्बु पूर्व बेलायती सेनाका पुत्र थिए । दुर्घटनामा परेको फिष्टेल हेलिकप्टर उडाउने कलिला पाइलट रन्जन लिम्बु २६ वर्षका थिए । आफन्तहरुका अनुसार रन्जनका बुवाले उनलाई बेलायत गएर बस्न भनेका थिए । तर, उनले नेपालमै बस्ने अठोट लिएका थिए । अमेरिकामा हेलिकप्टर उडान तालिम लिएर रन्जन सानै उमेरमा पाइलट बनेका थिए । निकै जोखिमपुर्ण उडान भर्न मन पराउने रन्जन फोटोग्राफीमा समेत उतिकै रुची राख्थे ।

उडानकै क्रममा उनले निकै तस्विर लिएका छन् । उनीसँगै यात्रा गर्ने क्रममा नायीका तथा गायीका समृद्धि राईले सामाजिक सञ्जाल फेसबुकमा उनीबारे भावुक स्ट्याटस लेखेकी छिन् । ‘मलाई यो अन्तिम वर्ष उनीसँग यात्रा गर्ने अवसर मिलेको थियो । स्याङबोचे देखि लुक्लासम्मको यात्रको क्रममा मलाई लागेको थियो उनी आफ्नो कामलाई मायाँ गर्ने मान्छे हुन्,’ समृद्दिले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्,‘अन्तिम पटक मैले उनलाई आफ्नो चाहानाबारे सोधेको थिएँ उनले फोटोग्राफी निकै मनपराउने बताएका थिए ।’

दिवंगद पार्इलट  लिम्बुले नायीका समृद्धिलाई त्यतिबेला केही तस्विर र तस्विर खिच्ने तरिका समेत देखाएका थिए ।

नुवाकोटको मदानपुरको बेतेनीमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv