Latest Updates :

यका बीहनै आयको खबर अनुसार ठुला दुर्घटनापछि सरकारले तोक्यो २० वर्ष देखी मुनीका लाई ड्राइभर पद बाट खरीज गर्ने ड्राइभर हुनको लागी २० नाघेको हुनपरनी >>हेन्रुहोस भिडीयो


SHARE THIS POST :
काठमाडौं ।


सरकारले यात्रुबाहक गाडी चालकको उमेर तोक्ने तयारी गरेको छ । कम उमेरका चालकका कारण सवारी दुर्घटना बढेको भन्दै सरकारले उमेर तोक्ने तयारी गरेको हो।


संसदको राज्यव्यवस्था समितिको मंगलबारको बैठकमा बोल्दै गृहमन्त्री विमलेन्द्र निधिले सरोकारवाला पक्षसँग छलफल गरी यात्रुबाहक गाडी चालकको उमेर तोक्ने बताए ।

सरकारले यात्रुबाहक बस चलाउन ‘टीन एज’ का अर्थात २० वर्षभन्दा कम उमेरका चालकलाई बस चलाउन नदिने तयारी गरेको छ । उमेर तोक्ने काम केही जटिल भएपनि सरकारले त्यसको गृहकार्य अघि बढाउने उनको भनाई छ ।

यात्रुवाहक सवारी साधन, मालबाहक सवारी साधन र अन्य साधनका चालकको उमेर निर्धारण गर्ने गृहमन्त्री निधिले समितिमा जानकारी गराए ।

बैठकमा सांसद बिक्रमबहादुर थापाले सवारीसाधन अनुसार चालकको उमेर निर्धारण गर्न सरकारको ध्यानकर्षण गराएका थिए । यस्तै मन्त्री निधिले सिन्डिकेट अन्त्य गर्न समेत सरकार दृढतापूर्वक लागेको जानकारी बताए ।


उनले अहिले सम्म भएका सवारी दुर्घटनाका बिषयमा समितिमा जानकारी गराएका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv