Latest Updates :

भत्ता माग्न गएका वृद्धलाई सचिवले यसरी कुटे गाउँलेले लगाए गाविस कार्यालयमा ताला


SHARE THIS POST :


जनकपुरधाम समाजिक सुरक्षा भत्ताका विषयमा सोधपुछ गर्न गाविस कार्यालय गएका एक ८६ वर्षीय वृद्धलाई सचिवले गालिबेइज्जती गर्दै हातपात गरेका छन्, अन्नपूर्ण पोष्टमा खबर छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाविसमा वृद्धवृद्धा, अपांग, दलित तथा एकल महिलाले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता बापतको रकम दश महिनादेखि वितरण नगरिएको अवस्थामा त्यसै विषयमा बुझ्न ८६ वर्षीय कुशे साह आइतबार दिउंसो गाविस कार्यालय पुगेका थिए ।

दुईपटक सम्म सो गाविसका उपाध्यक्ष रहिसकेका साहलाई अन्य वृद्धहरुले समेत भत्ताका विषयमा सोध्ने गरेको कारण उनी सोधखोज गर्न सचिव रामसुन्दर यादवलाई भेट्न पुगेका हुन् । साहले यादवालाई भत्ता कहिले बाडिन्छ, जिल्ला विकास समितिको कार्यालयले रकम निकासा गरिदिएको बारे आफुहरुले थाहा पाएको तर, तपाईले अहिलेसम्म भत्ता किन नबाडेको जस्ता प्रश्न सोध्न थालेपछि सचिव यादव रिसाए । उनले पहिला त गालि गर्दै साहलाई बढी जान्ने भएको, नेतागिरी गर्न आउने भनि हप्काए । तर, साह त्यहाँबाट नगई अझ बढी प्रश्न सोध्न थालेपछि सचिव यादवले उनलाई कार्यालयको कार्यकक्षमै हातपात गर्दै धक्का दिएर भूईमा खसाएको साहले बताए ।

 ईलाका प्रहरी कार्यालय समेत सोही भवनमा रहेको कारण त्यहाँ प्रहरीले सचिव यादवको क्रियाकलाप हेरिराखेपनि एकजना प्रहरी जवानले आफुलाई उठाउनु बाहेक त्यस्तो व्यवहार गर्ने सचिवलाई केही नभनेको साहले गुनासो गरे । मंगलबार जनकपुरमा अन्नपूर्णकर्मीसंग कुरा गर्दै वृद्ध साहले भने, मलाई सबैभन्दा बढी दुःख यसकै छ कि प्रहरीको अगाडी मलाई यस्तो दुव्र्यवहार गरियो तर, उनीहरुले सचिवलाई केही भनेन ।’ सचिव यादवले लडाएपछि कुहिनो र घुंडामा चोट लागेर अचेत भएका साहलाई छिमेकमै किराना पसल चलाउने भतिज लक्ष्मी साहले उपचारको लागि जनकपुर अंचल अस्पताल पठाएका थिए ।उपचार पछि केही निको भएका साह आफुमाथि दुव्र्यवहार गर्ने सचिव यादवलाई कार्वाही गर्नुपर्ने मांग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएका छन् ।

 गाविस सचिव यादवले प्रगति विवरण नबुझाएको कारण सो गाविसका करिब साढे तीन सय समाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धा र एकल महिला भत्ता पाउनबाट वञ्चित भएका छन् । भत्ता उपलब्ध गराईदिन मांग गर्दै एक महिना वृद्धवृद्धाले जिल्ला विकास समितिको कार्यालय धनुषामा नाराजुलुश समेत प्रर्दशन गरेका थिए । त्यसपछि निमित्त स्थानीय विकास अधिकारी राजकिशोर साहको निर्देशनमा सचिव यादवलाई भनेर प्रगति विवरण बुझाई भत्ताको रकम निकासा समेत गरियो । तर, हालसम्म पनि सचिव यादवले सो रकम पाउनु पर्ने व्यक्तिलाई बुझाएका छैनन् । यता, वृद्ध साहलाई हातपात गरेपछि गाउंलेहरुको डरले सचिव यादव फरार भएको सोही गाउंका अगुवा नरेश यादवले बताए । गाउंलेहरुले सचिवलाई कार्वाहीको मांग गर्दै गाविस कार्यालयमा तालाबन्दी गरेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv