Latest Updates :

चलचित्र ‘ऐश्वर्य’ मा फाईन भएकी केकीलाई हटाएर वर्षा राउतलाई ल्याउनेको कारण के हो त ?


SHARE THIS POST :


काठमाडौ । चलचित्र ‘ऐश्वर्य’ मा अनुबन्धित भए देखि नायिका केकी अधिकारी चलचित्रकै लागि ब्यस्त थिईन ।

अन्य चलचित्रमा भन्दा ‘ऐश्वर्य’ मा फरक भुमिका भएका कारण जिम अनि शरीरको तौल घटाउन केकी खुबै लागि परिन ।

तर अहिले चलचित्र छायाँकनमा जाने बेलामा‘ऐश्वर्य’ मा केकी ठाँउमा अर्काे नायिकालाई निर्माण टिमले ल्याएको छ । अभिनेता तथा चलचित्र निर्माता रमेश उप्रेतीले ‘ऐश्वर्य’ चलचित्रमा नायिका परिवर्तन भएको जानकारी दिए ।

निमार्ण टोलीले नायिका केकी अधिकारीको ठाँउमा अर्की नायिका बर्षा राउतलाई ल्याउने भएको हो । जानकारी पाए अनुसार वर्षा आज नै ‘ऐश्वर्य’ मा औपचारिक रुपमा अुनबन्धित हुनेछिन् ।

आखिर नायिका केकी को ठाँउमा वर्षा राउतलाई ल्याउनेको कारण के हो त ?

दिपेन्द्र लामाले निर्देशनगर्ने चलचित्र ‘घामपानी’ का कारण केकीले चलचित्र ‘ऐश्वर्य’मा अभिनयगर्ने मौका गुमाउनु परेको हो ।

‘घामपानी’ चलचित्रको बुधबार औपचारिक रुपमा निमार्णको घोषणा हुँदैछ । दिवाकर भटट्राईले निर्देशनगर्ने चलचत्रि‘ऐश्वर्य’ मा दुई जना नायिका हुनेछन् ।

निमार्ण टोलीले केकी अधिकारीलाई हटाएर वर्षा राउतलाई छानेको छ भने फिल्ममा नव नायिका दीपिका प्रसाईलाई चलचित्रमा अनुबन्धित गरिसकेको छ ।

-फर्सिनेटवर्कबाट लिएको सामग्री
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv