Latest Updates :

सेप्टेम्बर ७ आइफोन सेभेन सार्वजनिक हुने


SHARE THIS POST :


काठमाडौं – महिनौँदेखिका अनुमान, अफवाह तथा चुहिएका समाचार र जानकारीलाई चिर्दै अन्ततः एप्पलको नयाँ संस्करणको आइफोन, आइफोन सेभेन सार्वजनिक हुने मिति तय भएको छ ।



एप्पल कम्पनीले आफ्नो नयाँ संस्करणको आइफोन आगामी सेप्टेम्बर ७ मा सार्वजनिक गर्ने निधो गरेको हो ।



आइफोन सेभेन सार्वजनिक गरिने प्रडक्ट लञ्च इभेन्टमा उपस्थित हुनका लागि एप्पलले संचारमाध्यमहरुलाई निम्तो पठाउन (प्रेस इन्भाइट) सुरु गरेको छ । आइफोन सेभेनसँगै एप्पलले नयाँ एप्पल वाच पनि सार्वजनिक गर्नसकने अनुमान गरिएको छ ।



एप्पलले पठाएको प्रेस निम्तोमा लेखिएको छ, सात तारेखमा भेटौँला । सेप्टेम्बर ७ तारेख बुधबार ठीक विहान १० बजे सनफ्रान्सिस्कोस्थित बिल ग्राहम सिभिक अडिटोरियममा हाम्रो निम्तो स्विकार गरी आउनुहोला ।



स्मरण रहोस् एप्पलले आफ्ना महत्वपूर्ण प्रडक्टहरु यहीँ हलबाटै सार्वजनिक गर्ने प्रचलन बसालेको छ । ७ हजार दर्शक अट्ने यो हलमा एप्पलले यहीँ वर्ष आफ्नो विश्वव्यापी डेभलपर्स कन्फ्रेन्सको आयोजना गरेको थियो । सोही सम्मेलनका दौरान एप्पलले आफ्ना नयाँ संस्करणका अपरेटिंग सिस्टमहरु आइओएस १०, म्याक ओ एस सिरा र वाच ओ एस टू सार्वजनिक गरेको थियो ।



अनलाइन रिपोर्ट अनुसार आइफोन सेभेनमा एप्पलले केही महत्वपूर्ण परिवर्तन गरेको छ । जसअनुसार ३.५ एम एम को अडियो ज्याकको साटो अडियो आउटपुटका लागि लाइटनिंग कनेक्टर हालिएको छ । यसले आइफोनलाई झनै पातलो बन्न सहयोग गर्नेछ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv