Latest Updates :

उत्तर कोरियाले आफ्नै मन्त्रीलाई मृत्युदण्ड दिएको खुलासा


SHARE THIS POST :

सोल-– उत्तर कोरियाले उच्च बरियताका एक मन्त्रीलाई मृत्युदण्ड दिएको दक्षिण कोरियाका सरकारी अधिकारीले बताएका छन् ।

उत्तर कोारियाले गएको महिना शिक्षा मन्त्री किम योङ जिनलाई मृत्युदण्ड दिएको दक्षिण कोरियाको मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दक्षिण कोरियाका अधिकारीले यसबारेको जानकारी कसरी प्राप्त गरेको भन्ने खुलाएका छैनन् ।

गएको मेमा उत्तर कोरियाको सेनाका प्रमुखलाई मृत्युदण्ड दिएको खबर आएको थियो । तर उनी पछि एक सार्वजनिक कार्यक्रममा सहभागी भएको देखिएको थियो ।

सेना प्रमुख रि योङ गिललाई फेब्रुअरीमा मृत्युदण्ड दिएको खबर मेमा सार्वजनिक भएको थियो । तर उनी पछि उत्तर कोरियाको पार्टी कंग्रेसमा सहभागी भएका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv