Latest Updates :

नेपालको एउटा यस्तो ठाउँ, जहाँ महिलाले शासन चलाउँछन्


SHARE THIS POST :

काठमाडौं, १६ भदौ : मकवानपुरमा यस्तो समुदाय छ, जहाँ महिला ‘शासन’ चलाउँछन् भने पुरुष घरायसी काममा व्यस्त बन्ने गरेका छन् । वनकरिया जातिमा पुरुषभन्दा महिला अगाडि छन् । वनकरिया समुदायका पुरुष चुलोचौका र जंगल छाडेर अन्यत्र जान रुचाउँदैनन् । देशमा पुरुषबाट महिलापछि परे भन्दै हरेक क्षेत्रमा पुरुषसरह महिला सहभागिताको कुरा चलिरहेको छ।

तर, वनकरिया वस्तीमा महिलाभन्दा पुरुष पछि परेको गुनासो गर्छन् । पुरुषहरु भन्दा महिला अगाडि छन् । वनकरिया समुदायका पुरुषहरु चुलोचौका र जंगल छाडेर अन्यत्र जान अझै पनि रुचाउँदैनन्, लजाउँछन् । आफूहरुको हकअधिकारको विषयमा सदरमुकाम हेटौंडामा आएर कुरा राख्नुपर्यो भन्दा पुरुषहरु लजाउँदै घरभित्र पस्छन् भने गाउँका हरेक काममा महिला मूली हुन्छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv