भाद्र १५ ; प्यूठानमा एक ब्यक्तिले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतिको हत्या गरेका छन्।
जिल्लाको तोरवाङ–३ मर्कावाङमा ३७ बर्षीय भुपाल नगरकोटीले धारिलो हतियार प्रयोग गरी आफ्नी ३४ बर्षीया श्रीमति गोमा नगरकोटीको हत्या गरेको प्रहरीले जनाएको छ।
श्रीमतिको हत्या गरेका नगरकोटीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
मृतकको शव भने पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रंजितसिँह राठौँरले बताए।
मानसिक सन्तुलन गुमाएका कारण नगरकोटीले श्रीमतिको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
Post a Comment