Latest Updates :

आजको राशिफल – मिति २०७३ साल भदौ १६ गते कुशे औँशी बिहिबार


SHARE THIS POST :

मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन दिनलाई सुधारोन्मुख मान्न सकिन्छ । कुनै कुनै क्षेत्रमा आक्रोश एवं रणनीतिक भूमिका निर्वाह गर्नुपरे पनि विद्याविनयता र तर्कबलजन्य प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान मिल्नेछ । कुट्नैतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ। ज्ञानोन्नतिकारक गोचर परेकोले विद्यार्थीहरुमा विद्याबुद्धि बढ्ने तथा विद्यार्जनमा सफलता हात लाग्नेछ।

वृष राशिः वृष राशिका व्यक्तिहरुको लागि आजको दिन केही सावधानी अप्नाउनु पर्ने दिन रहेको छ। आवश्यकभन्दा बढी विषयमा सरोकार राख्दा मनमुटावको बातावरण सृजना हुनसक्ने भएकोले होसियारी जरुरी हुनेछ । मानसिक संकोच बढ्नसक्ने, पारिवारिक भार तथा समस्या थपिने र अभाव खट्किन सक्ने आदि सम्भावना पनि देखिएको छ, सकारात्मक तरिकाले सामाना गर्न मानसिक तयारी गर्नु बुद्धिमानी हुनेछ।

मिथुन राशिः मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक मान्न सकिन्छ तथापि मुख्य एवम् महत्त्वपूर्ण कामकार्यमा केही समस्या भने झेल्न पर्नसक्ने छ । केही बाधाब्यावधानको बाबजुतपनि काम गर्ने शारीरिक जोशजाँगर एवम् आँटसाहस बढ्ने नै देखिन्छ । केही नयाँ उद्यमहरु सम्पादन गर्ने जमर्को हुनेछ भने दैनिक रुपमा चलिरहेको कामकार्य स्वभाविक रुपमा अघि बढ्ने छन् । पेशा तथा व्यवसायबाट ठिकै आर्थिक लाभ पनि गर्नसकिने छ । आज यहाँलाई कहीँ कसैबाट सहयोग पनि जुट्नसक्ने छ।

कर्कट राशिः कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक नै देखिएको छ । प्रत्यक्षमा अल्लि परिपाटी नमिलेपनि अप्रत्यक्षमा बोलीवचनको प्रभाव सकारात्मक पर्नेछ । वास्ता नगरेको काम बनिदिँदा आर्थिक क्षेत्रमा पनि राम्रै टेवा पुग्नेछ । खासै भरोसा नगरेको ठाऊँबाट सहयोग प्राप्त हुनेछ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ।

सिंह राशिः सिंह राशि हुनेहरुको लागि आजको दिन गोचरप्रभाव अनुकूल रहेकोले मानप्रतिष्ठामा विकास हुनेछ । स्वादिष्ट परिकारको  मेजमानी तथा मनोरञ्जन र भौतिक सुखसुविधा मिल्नसक्ने छ । उद्यमविषयमा चिन्तन एवम् व्यवसायिक उन्नति हुने र शुभेच्छुकसँग  भेटघाट हुन पाइनेछ । सफलता र लाभले मानसिक शान्ति एवम् सन्तोष प्राप्ति हुनेछ । मनोरम तथा ईच्छित क्षेत्रको भ्रमण गर्ने मौका मिल्नसक्ने छ ।

कन्या राशिः कन्या राशि हुनेहरुको लागि आजको दिन केही संघर्षको सामना गर्नपर्ने देखिएको छ । कामकार्यमा बढी नै कोसिसले मात्रै थोरै सफलता मिल्नसक्ने छ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ भने बुद्धिमततापूर्वक फजुलका विषयबाट तर्किनु आज तपाईँको लागि उपयुक्त हुनेछ, अन्यथा खतिक्षति हुनसक्ने र पश्चाताप पनि पर्नसक्ने सम्भावना रहेको गोचरले देखाएको छ।

तुला राशिः तुला राशिहुनेहरुको लागि आजको दिन आयप्रद दिन देखिएको छ । स्वकार्यमा लगनशील रहनाले व्यवसायबाट राम्रो उपलब्धि लिनसकिने छ । औकात एवम् स्तर अनुसार समाजसेवा, राजनीति एवम् जागिर आदिमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा तथा आत्मबल एवम् यशकृति बृद्धि हुनाले सुख र सन्तुष्टिको अनुभूति हुनेछ । प्रशंसक बढ्ने र आफन्तिको शुभसमाचार प्राप्त हुनेछ।

वृश्चिक राशिः वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन पूर्ण सफलता मिल्न अल्लि कठिन पर्ने भएपनि बाहिरी तथा देखावटी रुपमा मानसान बढ्ने र केही लाभ एवम् सफलता पनि मिल्ने छ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहज वातावरण सृजना हुनेछ।

धनु राशिः धनु राशि हुनेहरुको लागि आजको दिन अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्य सम्पादन हुने ग्रहगोचर परेको छ । केही दबाब वा दोषको सामना गर्न चाहीँ नपर्ला भन्न सकिन्न । तथापि सत्यमा रहने र साहस एवम् दृढता बढाउनाले सफाई एवम् सफलता मिल्ने देखिन्छ।

मकर राशिः मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति सहज दिन देखिदैन । स्वास्थ्यमा समस्या हुनसक्ने र कार्यक्षेत्रमा झमेला आइलाग्नसक्ने सम्भावना छ । धैर्य एवम् सहनशिलतालाई नै प्रमुखता दिनु उचित हुनेछ । सदाचार एवम् लगनशीलताले संघर्षको बाबजुतपनि कार्यमा आंशिक लाभ गर्नसकिने छ । बोलीचाली एवम् जनव्यवहारको क्षेत्रमा निस्काम सिद्धान्तले कुशलता निर्वाह गर्न अभ्यास गर्नु बुद्धिमानी हुनेछ।

कुम्भ राशिः कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक सुख सुविधा एवम् सेवा सत्कार मिल्ने खालको ग्रहगोचर रहेको छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध सुमधुर हुनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने सम्भावना छ । देश तथा विदेशको यात्राको पनि संयोग देखिन्छ।

मीन राशि: मीन राशिका व्यक्तिहरुको लागि आजको दिन केही पराक्रम बढ्ने दिन रहेको छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, जस निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल नै छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv