Latest Updates :

नयाँ ज्यानमारा रोग ‘स्क्रब टाइफस’को आतंकमा नेपाल , बिरामी मध्ये ३० प्रतिशतको ज्यान गैसक्यो


SHARE THIS POST :

नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने आदि यो रोगका लक्षण हुन् ।
यो रोग अघिल्लो बर्षदेखि आधिकारिक रुपमा नेपालमा सङ्क्रमण पत्ता लागेको उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिएका छन् ।

रोग पत्ता लागेमा उपचार सजिलो रहेको भन्दै उनले पाँचै विकास क्षेत्रका स्वास्थ्य संस्थालाई यो रोगको न्यूनीकरणका लागि आवश्यक निर्देशिकासहित निर्देशन दिएको जानकारी दिए । उनका अनुसार चितवनमा वैशाखयता सबैभन्दा बढी ५३ जनामा रोग सङ्क्रमण भएको पाइएको छ ।
चितवन मेडिकल कलेजले मात्रै यहाँ रोगको परीक्षण गर्दै आएको छ । जिल्लामा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला यसको परीक्षण अन्य अस्पतालमा समेत आवश्यक देखिएको छ । चितवनमा पाइएकामा ३३ जना जिल्लावासी रहेको र बाँकी अन्य जिल्लाका बिरामी रहेको जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिनुभयो । बढी चितवनमा देखिएपनि यो रोग अहिले सिन्धुली, नुवाकोट, बाँके, उदयपुरलगायत जिल्लामा पनि देखिएको छ ।

“हुन त ५–६ वर्षअघि पाटन अस्पतालमा देखिएको भन्ने थियो, तर त्यो आधिकारिक र वैज्ञानिक डकुमेन्टका रुपमा आउन सकेन”, इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले भने, “अघिल्लो वर्ष पूर्वी नेपालमा भने वैज्ञानिकरुपमा प्रमाणित भएको हो ।” पहिलोचोटि ६ जनामा देखिएको थियो, गतवर्ष भदौ १३ गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएकोमा अहिले पनि करिब सोही समयमा रोग देखिएको डा शर्मा बताए ।
“रोगको पहिचान नहुँदा गएको वर्ष आठजनाको मृत्यु भएको थियो, तर यो वर्ष मरेको भन्ने जानकारी आएको छैन”, उनले भने । रोग थाहा पाइसकेपछि भने एन्टिबायोटिकले सजिलै निको हुने चितवन मेडिकल कलेजका चिकित्सक डा दयाराम लम्सालले बताए । रगत परीक्षणबाट यो रोग विगतमा पनि आफूहरुले पत्ता लगाएको डा लम्सालले बताए ।

मुख्यगरी एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सूक्ष्म हुन्छ । यो मुसाको कानमा अथवा यस्तै जीवजन्तुमा बस्छ । त्यसबाट घाँसपात तथा झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्छ ।
यसले लार्भा अवस्थामा बढी चुस्छ । यो रोग लागेमा टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने लगायतका लक्षण देखिने जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी बताए ।

कहिलेकाहीँ यस सँगसँगै झाडा पनि आउन सक्छ । चितवनका फिजिसियन डा भोजराज अधिकारीले भरतपुर अस्पतालमा समेत रोग देखिएको बताए । यो दोस्रो विश्वयुद्धताका जापानको सेनामा देखिएको थियो । घाँसमा झरेको माइट, युद्धमा जङ्गलमा सेना घस्रने क्रममा सरेको पाइएको थियो । त्यो बेला रोग थाहा नहुँदा बिरामीमध्ये ३० प्रतिशतको ज्यान गएको इपिडिमियोलोजी शाखा प्रमुख डा शर्माले जानकारी दिए ।
जापानमा रोग पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर पनि चिनिन्छ । यो एक प्रकारको ब्याक्टेरिया (रिकेटसिया) ले लगाउने रोग हो । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेमा सर्ने सम्भावना बढी हुन्छ । यो मानिसबाट मानिसमा भने नसर्ने चिकित्सकले बताएका छन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv