Latest Updates :

श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनभिज्ञ


SHARE THIS POST :


भदौ १२, काठमाडौं ।
 लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ । पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तमाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहका छन् । श्रीलंकाली लागूऔषध ब्युरो ७९।८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ मा पक्राउ परेका थिए । त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालायमा मुद्दा चलाएको छ ।
थापालाई उक्त अदालतले सन् २०१५ मार्च महिनामा मृत्युदण्डको फैसला सुनाएको थियो । मृत्युदण्डको फैसलापछि थापाले कोलम्बोस्थित पुनराबेदन अदालतमा फैसला पुनराबलोकनको लागि गरेको अनुरोधबारे अदालतले अन्तिम धारणा सार्वजनिक भने गरेको छैन । त्यस्तै तामाङले पनि आजीवन जेल सजाय पाएका छन् । परराष्ट्रमन्त्रालयका प्रवत्ता भरतराज पौडेलले लामोसमय देखि श्रीलंकामा राजदूत नभएका कारण समस्या भएको बताउँदै राजदूत नियुक्तिसँग उनीहरुको जीवन रक्षाको लागि ठोस पहल गर्ने बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv