Latest Updates :

विवाहको गाडी यसरि बाढीले बगायो, ३६ को मृत्यु ब्रिस्तित बिवरण आउन बाकी (भिडिओ सहित ) !


SHARE THIS POST :

गाडीमा विवाह समारोहका पाहुना सवार रहेको र कम्तीमा १५ को मृत्यु भएको उर्दु सञ्चार माध्यमले जानकारी दिएको छ । यस दुर्घटनामा अन्य कैयौ व्यक्तिहरु बेपत्ता भएका जनाइएको छ ।
खैबर प्रान्तको लन्दी कोताल इलाकाको बजार जखाखेल पहाडी इलाकामा चालकले नियन्त्रण गुमाउँदा सो बस बाढीमा पर्न गई बगाएको समा समाचारले जानकारी दिएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार सो बसमा के कति सङ्ख्यामा व्यक्तिहरु सवार रहेका थिए, सो एकिन सङ्ख्या भने पत्ता लागेको छैन् ।
सो घटनामा घाइते भएका केही व्यक्तिलाई भने नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।
यसअघि पनि पाकिस्तानमा भारी वर्षा र बाढी पहिरोमा गत एक हप्ता भएका छट्टाछुट्टै घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv