उनीहरु विगत पाँच वर्षदेखि रेडियोमा कार्यक्रम चलाउँदै आएका थिए। चितवनका युवाहरुबीच ‘लभ इज लाइफ’ निक्कै लोकप्रिय थियो। आपत्तिजनक अवस्थामा भेटिएपछि उनीहरुलाई व्यवस्थापनले निस्कासन गरिसकेको जनाएको छ।
उनीहरुको आपत्तिजनक क्रियाकलापले त्यहाँ कार्यरत अन्य सहकर्मीहरुलाई समेत काम गर्न अप्ठ्यारो भइरहेको छ। त्यहाँ कार्यरत एक सञ्चारकर्मीले भने, ‘उनीहरुको कार्यक्रम पनि त्यही प्रकारको अनि व्यवहार पनि त्यही प्रकारको तर स्टुडियोमै यस्तो गर्लान भन्ने सोचेका थिएनौ।’
रेडियोमा बिजुली गएको बेला रेडियो बन्द हुने भएकाले त्यही बेला उनीहरुले मौका छोपेर यस्तो हर्कत गरेको बताइएको छ। यता, आफ्नो स्टाफको र रेडियोको बदनाम हुने डरले रेडियो मालिककले घटनालाई ढाकछोप गर्न बाध्य भएका छन्।
Post a Comment