Latest Updates :

छात्रावासमा ‘भूत’ को त्रास


SHARE THIS POST :

सबैले मिलनसार दिदीका रुपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासको सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ । अरुको काममा सहयोग गर्ने छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य काममा समेत सुझव दिने ऐडीको बोली निकै परिवर्तन भएको छ ।मिजासिला शव्द र सम्मानजनक भाषा प्रयोग गर्ने कक्षा दसमा अध्ययनरसत सिद्धाले एक सातायता अश्लील शब्द प्रयोग गर्न थालेकी छिन् । उनी घरी आफैं जमिनमा लम्पसार पर्ने त घरी अर्की महिला (भूत) आएर आफूलाई हिर्काउन थालेको भन्दै सिमकोट बजारनै थर्काउने गरी रुन्छिन् । सिद्धा बसेकै छात्रावासकी पुष्पा रावतको अवस्था पनि फरक छैन । एकैछिन सामान्य अवस्थाकी पु्ष्पा आफूलाई लिन ऊः पर आई भन्दै होस गुमाउछिन् । छिनभरमै सामान्य अवस्थामा आएको बेला आफूलाई थाहा नभएको बताउने पुष्पा अनुहार छोपेकी महिलाले आफूलाई छोएपछि बेहोस हुने बताउँछिन् । छात्रावासमा भएका २० जनालाई खाना पकाउने भान्से विमला रावलको अवस्था पनि उस्तै छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv