Latest Updates :

जातिय छुवाछुत : पानी चल्ने र नचल्ने ‘जात’ले भाँजो हाले

SHARE THIS POST :

पोखरा, सन्तबहादुर परियार र पवित्रा आचार्य (नाम परिवर्तन)बीच एउटा समानता छ । उनीहरु दुवै मान्छे हुन् । अर्को समानता पनि छ । उनीहरु दुवै दृष्टिविहीन हुन् । दुवैबीच माया बस्छ । तर आँखा देख्नेले देखाइदिन्छन् असमानता ।

६ महिनाको कलिलो प्रेममा भाँजो हाल्न ‘जात’ आइपुग्छ । रुपरंग नदेखि प्रेम गरेको जोडीलाई आँखा देख्नेले जातको भिन्नता देखाइदिन्छन् । फलस्वरुप जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गरेर विछोडिन बाध्य बनेको छ सन्तबहादुर र पवित्राको जोडी ।

पोहोर चैतदेखि ‘लिभिङ टुगेदर’ मा रहेका भलामका सन्तबहादुर र पवित्रा जात नमिलेकै कारण छुट्टिनुपरेको छ । कोर्ट म्यारिज गर्ने सोचले काठमाडौं जान लाग्दा सोमबार बेलुका छापामार शैलीमा बहिनी र ज्वाइँले पवित्रालाई छुटाएर लगे । सन्तबहादुरले आफ्नो प्रेमिका फर्काइपाऊँ भनेर कानुनको ढोका ढक्ढक्याए । तर बुधबार पवित्राकै आग्रहमा उनले उजुरी झिके । उजुरी झिक्नुमा सन्तबहादुरमाथि ‘बलात्कार मुद्दा’ लगाउने केटीपक्षको धम्की प्रमुख कारण थियो ।

३४ वर्षीय सन्तबहादुर र २३ वर्षीया पवित्राको भेट गत वर्ष माघको पहिलो हप्ता भएको हो । पृथ्वीनारायण क्याम्पस गेटनजिकै अर्की दृष्टिविहीन तिलमाया विकको डेरामा पहिलो भेट भएको सन्तबहादुर सम्झन्छन् । पहिलो भेटमै दुईबीच मोबाइल नम्बर आदानप्रदान भयो ।

फोनमा सुखदुखका कुरा हुन थाले । दिनप्रतिदिन सम्बन्ध गाढा बन्दै गयो । छोटो समयमै प्रेम बस्यो । ‘उनको र मेरो जीवन भोगाइ उस्तै थियो, भिन्नता थिएन,’ सन्तबहादुरले भने, ‘उनको कुराले अझै बढी मन छोयो । आन्तरिक रुपमा छलफल गर्दागर्दै प्रेम प्रगाढ भयो ।’ दुईबीचको प्रेम सम्बन्धले आफ्नो जीवनलाई अर्कै उचाइमा लाने प्रयास गरेको अनुभूति सन्तबहादुरसँग छ ।

सन्तबहादुर अपांग कल्याण संघ कास्कीका अध्यक्ष हुन् । पवित्रा भने पृथ्वीनाराण क्याम्पसमा स्नातक पहिलो वर्षमा राजनीतिशास्त्र पढ्दैछिन् । उनीहरुको लिभिङ टुगेदरको एउटा कारण सन्तबहादुरकी बहिनी कन्या पनि हुन् । कन्या स्वयं दृष्टिविहीन हुन् ।

चैतको पहिलो हप्ता ३० वर्षीया कन्या बिरामी परिन् । उनलाई अस्पताल भर्ना गर्नुपर्ने भयो । बहिनीको उपचारको जिम्मा सन्तबहादुरको काँधमा थियो । भलामबाट पोखराको छिनेडाँडा झरेर भाडामा बसिरहेका सन्तबहादुरलाई बहिनीको उपचार खर्च जुटाउन सकस पर्‍यो । पवित्राले कुरा बुझिन् । कन्याको उपचार खर्च उनैले जुटाइदिइन् । स्याहार सुसारमा उनै खटिइन् ।

यो कुराले सन्तबहादुर र उनकी बहिनीको मन जित्यो । ‘त्यतिबेला हामीलाई ठूलो गुन लगाएकी थिइन्,’ उनले भने, ‘यताउता सरसापट गरेर, पैसा खोजेर उपचार खर्च जुटाइन् ।’

त्यतिबेला अस्पतालले धेरै औषधी दिएको थियो । कन्याले तुलसालाई ‘औषधी खुवाउन, हेरविचार गर्न तपार्इं बस्दिनुपर्छ’ भनिन् । कन्याले त्यसो भनिसकेपछि पवित्राले नकार्न सकिनन् । आफू बसेर कसैको जिन्दगीमा सुधार आउँछ भने बसिदिन्छु भनेर सन्तबहादुरकै डेरामा बसिन् दीपक परियारले समाधानमा खबर लेखेका छन् ।

पवित्राले घरमा क्याम्पसकै छात्रावासमा छु भनेर ढाटिरहिन् । दुईजनाको सल्लाहमै ढाट्ने काम भयो । एकअर्काको साथले दुवै खुसी भए । ‘हिजोको दिनमा म अलि निरस जीवन जिएको मान्छे हो,’ उनले भने, ‘उनी आएपछि मात्रै मैले साच्चिकै जीवन पाएको अनुभूति गरेको थिए ।’

असारमा पवित्राको पेटमा पीडा भयो । सन्तबहादुरलाई शंका जाग्यो । दुवैजना मेरी स्टोप्समा जचाउन गए । सन्तबहादुरको शंका सही निस्क्यो । उनी बाउ बन्नेवाला थिए । वै मान्छे हुन् । अर्को समानता पनि छ । उनीहरु दुवै दृष्टिविहीन हुन् । दुवैबीच माया बस्छ । तर आँखा देख्नेले देखाइदिन्छन् असमानता ।

६ महिनाको कलिलो प्रेममा भाँजो हाल्न ‘जात’ आइपुग्छ । रुपरंग नदेखि प्रेम गरेको जोडीलाई आँखा देख्नेले जातको भिन्नता देखाइदिन्छन् । फलस्वरुप जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गरेर विछोडिन बाध्य बनेको छ सन्तबहादुर र पवित्राको जोडी ।

पोहोर चैतदेखि ‘लिभिङ टुगेदर’ मा रहेका भलामका सन्तबहादुर र पवित्रा जात नमिलेकै कारण छुट्टिनुपरेको छ । कोर्ट म्यारिज गर्ने सोचले काठमाडौं जान लाग्दा सोमबार बेलुका छापामार शैलीमा बहिनी र ज्वाइँले पवित्रालाई छुटाएर लगे । सन्तबहादुरले आफ्नो प्रेमिका फर्काइपाऊँ भनेर कानुनको ढोका ढक्ढक्याए । तर बुधबार पवित्राकै आग्रहमा उनले उजुरी झिके । उजुरी झिक्नुमा सन्तबहादुरमाथि ‘बलात्कार मुद्दा’ लगाउने केटीपक्षको धम्की प्रमुख कारण थियो ।

३४ वर्षीय सन्तबहादुर र २३ वर्षीया पवित्राको भेट गत वर्ष माघको पहिलो हप्ता भएको हो । पृथ्वीनारायण क्याम्पस गेटनजिकै अर्की दृष्टिविहीन तिलमाया विकको डेरामा पहिलो भेट भएको सन्तबहादुर सम्झन्छन् । पहिलो भेटमै दुईबीच मोबाइल नम्बर आदानप्रदान भयो ।

फोनमा सुखदुखका कुरा हुन थाले । दिनप्रतिदिन सम्बन्ध गाढा बन्दै गयो । छोटो समयमै प्रेम बस्यो । ‘उनको र मेरो जीवन भोगाइ उस्तै थियो, भिन्नता थिएन,’ सन्तबहादुरले भने, ‘उनको कुराले अझै बढी मन छोयो । आन्तरिक रुपमा छलफल गर्दागर्दै प्रेम प्रगाढ भयो ।’ दुईबीचको प्रेम सम्बन्धले आफ्नो जीवनलाई अर्कै उचाइमा लाने प्रयास गरेको अनुभूति सन्तबहादुरसँग छ ।

चैतको पहिलो हप्ता ३० वर्षीया कन्या बिरामी परिन् । उनलाई अस्पताल भर्ना गर्नुपर्ने भयो । बहिनीको उपचारको जिम्मा सन्तबहादुरको काँधमा थियो । भलामबाट पोखराको छिनेडाँडा झरेर भाडामा बसिरहेका सन्तबहादुरलाई बहिनीको उपचार खर्च जुटाउन सकस पर्‍यो । पवित्राले कुरा बुझिन् । कन्याको उपचार खर्च उनैले जुटाइदिइन् । स्याहार सुसारमा उनै खटिइन् ।

यो कुराले सन्तबहादुर र उनकी बहिनीको मन जित्यो । ‘त्यतिबेला हामीलाई ठूलो गुन लगाएकी थिइन्,’ उनले भने, ‘यताउता सरसापट गरेर, पैसा खोजेर उपचार खर्च जुटाइन् ।’

त्यतिबेला अस्पतालले धेरै औषधी दिएको थियो । कन्याले तुलसालाई ‘औषधी खुवाउन, हेरविचार गर्न तपार्इं बस्दिनुपर्छ’ भनिन् । कन्याले त्यसो भनिसकेपछि पवित्राले नकार्न सकिनन् । आफू बसेर कसैको जिन्दगीमा सुधार आउँछ भने बसिदिन्छु भनेर सन्तबहादुरकै डेरामा बसिन् दीपक परियारले समाधानमा खबर लेखेका छन् ।

पवित्राले घरमा क्याम्पसकै छात्रावासमा छु भनेर ढाटिरहिन् । दुईजनाको सल्लाहमै ढाट्ने काम भयो । एकअर्काको साथले दुवै खुसी भए । ‘हिजोको दिनमा म अलि निरस जीवन जिएको मान्छे हो,’ उनले भने, ‘उनी आएपछि मात्रै मैले साच्चिकै जीवन पाएको अनुभूति गरेको थिए ।’

असारमा पवित्राको पेटमा पीडा भयो । सन्तबहादुरलाई शंका जाग्यो । दुवैजना मेरी स्टोप्समा जचाउन गए । सन्तबहादुरको शंका सही निस्क्यो । उनी बाउ बन्नेवाला थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv