काठमाडौं १२ भदौ –
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास लाजिम्पाटको खानेपानी बिलको १२ लाख ५० हजार रुपैयाँको मिनाह गर्न दवाव परेको खुलासा भएको छ ।
दाहालको निजी निवासली केही वर्षदेखि बाँकी खाने पानीको रकम भुक्तानी गर्न असार ३१ गते काठमडौं उपत्यका खानेपानी लिमिटेडले बिल काटेको थियो । उक्त बिलमा उल्लेखित रकम भुक्तानीको अत्तोपत्तो नभएपछि केयुकेलले ताकेता गरेको थियो । तर यता , महसुल पूर्ण मिनाह गराउन तोक लगाउँदै दाहाल निवासको बिल खानेपानी तथा सरसफाइ मन्त्रालयमा पुगेको बताइएको छ ।
महसुल मिनाह गर्न पहल गरिदिनु पर्यो भनेर बिल खानेपानी तथा सरसफाइ मन्त्रालयमा आएको र कसरी मिनाह गर्न सकिन्छ भन्ने उपाय निस्कन नसकेको मन्त्रालय श्रोतले बतायो । उता माओवादी स्रोतले लाजिम्पाटमा दाहाल भाडामा बसेको भने पनि उक्त निवासको सबै दायित्व घर धनीको रुपमा दाहालकै रहेको बुझिएको छ । खानेपानीको १२ लाख ५० हजार बक्यौता भुक्तानीका लागि केयुकेलले बारम्बार ताकेता गर्दै आए पनि हालसम्म उठ्न त सकेन बरु उल्टै दाहाल प्रधानमन्त्री भएपछि मन्त्रालय मार्फत नै महुसल मिनाहका लागि आदेश हुन थालेको खुलासा भएको छ ।
Post a Comment