Latest Updates :

सगरमाथा आरोहणको नक्कली तस्वीर पेस गरी प्रमाणपत्र लिने भारतीय जोडीलाई १० वर्षे प्रतिबन्ध |


SHARE THIS POST :


भदौ काठमाडौं - नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सोमबार दिनेश र ताराकेश्वरीलाई नेपालभित्र पर्वतारोहणसंग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध मंगलबारदेखि नै कार्यान्वयनमा आएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव घनश्याम उपाध्यायले जानकारी दिएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv