Latest Updates :

पूर्वमन्त्री एबम आदिवासी जनजाति नेता गोरे बहादुर खपांगीको निधन


SHARE THIS POST :


भाद्र १२, काठमाडौं । पुर्वमन्त्री एबम आदिबासी जनजाति तथा संघियता र पहिचानका अभियन्ता नेता गोरे बहादुर खपांगीको दुखद निधन भएको छ । रास्ट्रीय सभागृहमा आदिवासी फिल्म महोत्सब हेर्न जादै गर्दा राजधानीको पुरानो बस पार्क अगाडी २०७० वैशाख १२ गते मोटरसाईकलले ठक्कर दिएपछि उनी घाईते भएका थिए । त्यसबेला शरीरमा ठुलो चोट नदेखिए पनि घटनास्थलदेखी नै अचेत अवस्थामा रहँदै आएका थिए । न्युरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका खपांगीको शनिबार १० बजे राती निधन भएको छ । कुनै समय निकै चर्चित वाम नेताको रुपमा चिनिएका खपांगी पछिल्लो समय आदिवासी जनजाति नेता र शुरुदेखिनै पहिचान र संघियताको वकालत गर्ने नेता समेत हुन् ।

पछील्लो समय आफ्नै नेतृत्वमा खपांगीले लिबरल डेमोक्रेटिक पार्टी गठन गरेका थिए । तीन वर्षदेखि उपचाररत रहँदा निकै आर्थिक समस्या झेल्नु परेको थियो । जनजाति समुदायको ठुलो आर्थिक सहयोगमा सिंगापुरमा समेत उनको उपचार भएको थियो । राजधानीकै, अन्नपुर्ण अस्पताल, नर्भिक र पछिल्लो समय न्युरोमा वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निगरानीमा उनको उपचार भईरहेको थियो ।

खपांगीको परिवारमा श्रीमती सहित, दुई छोरी र दुई छोरा रहेका छन् । नेपालको राजनैतिक ईतिहासमा आदिवासी जनजातिहरुलाई राजनैतिक रुपमा जागृत र चेतनाको बिउ रोप्ने पहिलो नेताका साथै नेपाल मगर संघ केन्द्रिय समितिको अध्याक्ष समेत हुन् । स्थायी घर महोत्तरी रामनगर रहेका खपांगी स्वच्छ र स्थापित आदिबासी जनजाति नेता थिए । वहालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ -सम्पादक

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv