Latest Updates :

भाटभेटनी सुपरमार्केटका मालिक मिन बहादुर गुरुङका नयाँ धन्दा छताछुल्ल! यसमा संलग्न प्रचण्ड रहेको पनि खुलासा..! पुरा समाचार पढ्नुहोस्..


SHARE THIS POST :

यदी तपाई भाटभेटनी सुपरमार्केटमा पुगेर नियमित रुपमा त्यहाँका सामान खरिद गर्नुहुन्छ भने चनाखो रहनुहोस । भाटभेटनीले म्याद गुज्रिएका सर सामानमा आफैंले मिति परिवर्तन गर्दै बजारमा अखाद्य बस्तु विक्री गर्दै सर्वसाधरणको स्वास्थ माथि गभ्भीर खेलवाड गरिरहेको तथ्य फेला परेको छ
सरकारी जग्गा मिच्दै त्यही जग्गामा भाटभेटनी सुपरमार्केट खडा गर्दै आएका भाटभेटनीका साहु मिन बहादुर गुरुङका गैह्र कानुनी धन्दा फेला परेको हो ।

नाङ्लोमा व्यापार सुरु गरेका  मिनबहादुर गुरुङ छोटो अबधीमा कसरी अर्बाै सम्पत्तिका मालिक बनेका रहेछन भन्ने दृश्य  मंगलबार चावहिलस्थित भाटभटेनी सुपरमार्केटमा  देखिएको छ ।एउटा सस्तो माल लाई अत्याधिक मूल्यमा बेचेर कालो बजारी गरेको पाइयो ।

अर्को, सुपरमार्केटकै माथिल्लो तल्लामा मिति गुज्रिएका खाद्य सामाग्रीको लेबल फेर्ने काम गरिएको रंगे हात फेला पर्यो ।भाटभटेनीको १२ वटा शाखामा खाद्य उत्पादन पठाउने प्रोडक्ट चावहिलस्थित शाखामा रहेको छ । यो शाखामा  २०७० सालसम्ममात्र खान योग्य सामाग्रीसमेत राखिएको र लेबल फेरिदै गरिएको अबस्थामा भेटिएको छ  ।

अनुगमन टोलीले लगत्तै सो प्रोडक्ट राखिएको स्टोरमा सिलबन्दी गरेको छ । डङ्गुरका डङ्गुर सामाग्रीलाई लेबल फेरेरै बजारमा पठाउन लागिइएको फेला परेपछि भाटभटेनीको गुणस्तरमाथि प्रश्न तेर्सिएको छ । यद्यपि पूर्व सेनापति छत्रमान गुरुङका सम्धी तथा प्रधानमन्त्री प्रचण्डका नजिकका व्यवसायिक ठानिएका गुरुङको पहुंच र प्रभाव हेर्दा कारवाही हुंनेमा आंशका व्यक्त गरिएको छ ।

सानो किराना पसल अथवा भनौं नाङ्ले पसल थापेका न्यूनतम बहादुर गुरुङ उर्फ मीनबहादुर गुरुङ आज खर्बपति बनेका छन् । काम गरेर अथवा पसिना बगाएर खर्बपति बनेका होइनन् यी । प्रचण्डको संगत गरेर उनीहरुकै पैसा चलाएर यिनले भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्टल स्टोर   १२ वटा शाखा खोलिसकेका छन् ।

यिनलाई हेण्डिल गर्न प्रचण्डले अजय पराजुली सुमार्गीलाई खटाएका छन् । सुमार्गी पनि हेटौंडामा सिमेन्ट कारखानाको रित्ता बोरा बेच्थे अहिले प्रचण्डकै पैसा चलाएर करोड करोड चन्दा दिने हैसियतमा पुगेका छन् ।
भाटभटेनी सुपुर मार्केटमा एक लाख प्रकारका वस्तु बिक्री हुने गरेको छ । ६ सय राष्ट्रिय अन्तर्रा्ष्ट्रिय सप्लायर्सहरु संलग्न छन् । र, हजारौं कामदारहरुले रोजगारी पनि पाएका छन् । राम्रो । गुरुङको नराम्रो पक्ष भनेको देशघातक काम बढी गर्छन् । यस अगाडि उनै गुरुङले चावहिल भाटभटेनीबाट कुहिएको चामल भूकम्पपीडितलाई बिक्री गरेर यिनी कति तल्लो दर्जामा झरेर जनताको विवसताको फाइदा उठाउँछन् भन्ने तमासा देखिएको थियो ।

गतवर्ष माओवादी कार्यकर्ताले एम्बुलेन्समा चीनतिर तस्करी गर्न लागेको रक्तचन्दनमा यिनको पनि संलग्नता रहेको पोल खुलेको थियो ।भाटभटेनी सुपर मार्केट देखाउनका लागि चहकमहकपूर्ण बजार हो तर यो बजारभित्र हुने अनियमित क्रियाकलापको अहिलेसम्म कुनै अनुसन्धान हुनसकेको छैन । यति ठूलो सुपर मार्केटले केही लाखमात्र राजस्व बुझाउनाले पनि यिनी नक्कली भ्याट बिल प्रयोग गर्छन् भन्ने जानकारी आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई सप्रमाण एक कर्मचारीले नै जानकारी गराउँदासमेत भाटभटेनीका संस्थापकमाथि कुनै कारवाही हुनसकेन । पछि रहस्य बुझियो– प्रचण्डको लगानी रहेकाले भाटभटेनीमाथि अख्तियार प्रमुख लोकमान सिंह कार्कीले कारवाहीको फाइल टेबुलमुनिबाटै गायव पारिदिका रहेछन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv