Latest Updates :

हेर्नुहोस आजको राशिफल वि.सं. २०७३ साल भदौ १५ गते। बुधबार। इश्वी सन् २०१६ अगस्ट ३१ तारिख।


SHARE THIS POST :


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)sमान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले पनि समस्या निम्त्याउन सक्छ। आसलाग्दो काम बिग्रनाले मन खिन्न हुनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
=मेहनत परे पनि गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पहिलेका सहयोगीहरू टाढिए पनि साथ दिनेहरू भेटिनेछन्। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। कृषिमा कामको चाप बढ्न सक्छ। केही उपहार तथा केही दाम पनि हातलागी हुन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिएको वचन पूरा गर्न असमर्थ भइनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। सहयोगीहरू टाढिन सक्छन् । रकम अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट सामान्य लाभ हुनेछ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बलजफ्ती गर्ने बानीले हानि पुर्याउन सक्छ। बुद्धिले काम लिने चेष्टा गर्नुहोला। मेहनतको परिणाम बिस्तारै प्राप्त हुनेछ। भेटघाटको अवसरले व्यक्तित्व निखार्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
]आँटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मेहनतले आम्दानी बढाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, नाम र इनाम प्राप्त हुन सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनत गर्दा कीर्तिमानी काम बन्न सक्छ।]

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। विविध चुनौती आइलाग्न सक्छन्। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत प्राप्त हुनेछ। बलजफ्ती गर्दा केही समस्या आउन सक्छन्। व्यापारले फाइदाका साथै यात्राको अवसर जुटाउला।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। तापनि, प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। आर्थिक लाभ हुने काम प्रारम्भ हुन सक्छ। पहिलेका योजना गोप्य राखेर अघि बढ्नुहोला।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv