आज चाहिँ खुसीको कुरा
1 हप्ता देखि बेखबर रहेको सन्दीप थिङ्लाबु हामीले खोजी कार्य 2 दिन मा पूरा गरेका छौ। उहाँ सकुशल उपचार भैरहेको पायौ। भोलि सम्मा डिस्चार्ज भएर कोठा फर्किन्नु हुने छ। मोटरसाइकल एक्सिडेन्ट् परेका सन्दीप थिङ्लाबु 1 साता बितिसक्दा पनि कम्पनीको बोस र सुपरभाइजर सम्मले कुनै जानकारी नदिए पछि सबै साथी भाइले माया मारिएका थिए। किरात याक्थुङ चुम्लुङ मलेसिया र नेपाल एम्बेस्सीको सहकार्यमा कम्पनीलाई कानुनी रूपमा प्रेस गरेका थियौ। कम्पनीका साथीहरू र आफन्तले कम आशा राखेका सन्दीप थिङ्लाबुलाई कतिले बिखबर भएको समाचार कमेन्ट्मा rip लेखी दिए पछि आफ्न्त र सुभचिन्तकहरु झनै दुखी भएका थिए । उहाँ अहिल केलाङ हस्पिटलमा उपचारको क्रममा हुनुहुन्छ।
Post a Comment