Latest Updates :

गायिका अन्जु पन्त क्रिश्चियन भएकोले फिलिपिनी जोयालाई लिन जाने


SHARE THIS POST :


प्रिय जोया!
धेरै सम्झना साथै छोराहरुमा आशिर्वाद।
हुन त म साईनोमा तिम्रो कोहि लाग्दिन।तिमी र ममा देशको भिन्नता छ भाषाको भिन्नता छ, लवाई खवाईको भिन्नता छ।तर सबैभन्दा महत्वपूर्ण कुरा, हामीमा एउटा महान साईनो छ त्यो हो मानवीयता र नारीको साईनो।म जस्तै तिमि पनि नारी अनि कसैकि आमा कसैकी छोरी कसैकि चेली हौ।सबैभन्दा उच्च कुरो तिमी एक बहादुर आमा हौ।
यहि कारण हो, जसले मलाई तिम्रा निम्ति दुई शब्द कोर्न बाध्य बनायो।यहि कारण हो तिम्रा हरेक पिडाहरुले मेरो मन छोयो।
केही दिन अगाडि देखि सामाजिक संन्जालमा एउटा अपुस्ट खबर छापियो।कि एक फिलिपिनी महिला छोराछोरी लिएर रुदै सडकमा अलपत्र परेकी छिन भनेर।बिस्तारै बिस्तारै दिन बित्दै जाँदा त्यो समचार आगो फैलिए सरि फैलिदै भाईरल भयो।
तिमी तिम्रो देश फिलिपिन्स बाट दुबईमा ती नेपाली युवक जस्तै श्रम गर्न आएकी थियौ। अझ तिम्रो बारेमा लेखिएको थियो कि तिमी तीन चार बर्ष पहिले पैसा कमाउन गएको एक नेपाली युवक संग प्रेममा परेउ, जो आफै कुलतमा फसेका थिए रे।र तिमिले उसलाई सक्दो सहयोग गरेउ।यहाँ सम्म कि तिमिले आफुले दिनरात नभनी जोडेको पैसाले तिम्रो प्रेमी भनाउँदो त्यो युवकलाई नेपाल ल्याउन सफल भएकि थियौ।
र ती युवकको प्रेममा परेकी तिमिलाई तिम्रो भनाई र समाचारमा आएका लिखित भनाई अनुसार त्यो प्रेमीले विभिन्न प्रताडना दिईरह्यो।
कस्तो अनौठो लाग्ने हगि!
जसको प्रेममा परेर तिमिले आफ्नो देश छोड्यो, जिन्दगी नै धरासयी बनाएयौं उसैले तिमिलाई यतिका पिर ब्यथा आँसु र पीडा कसरि दिन सक्यो? कि उ साच्चिकै मानव थियो? या उसले तिमिलाई खेलौना ठान्यो? कि तिमि बिदेशी केटि भएकोले जे जस्तो व्यबहार गरेपनी मिल्छ भन्ने सोच्यो उसले? के यहि प्रेम थियो? तिम्रो बलिदान र त्यागको बदलामा तिमिलाइ उसले दिएको प्रेम यस्तै थियो?
उप्स, आज यी शब्दहरु केलाउदा केलाउदै मेरो औंलाहरु कापेका छन्।मन आन्दोलित भएको छ।असहय पिडाको अनभुती भएको छ।किनकि तिम्रो प्रेम र त्यागलाई आज नाजायज प्रेमको एउटा स्वरुप बनाईएको छ।तिम्रो प्रेमको बलिदानलाई अबैधानिकताको ल्याप्छे लगाईएको छ।तिमिले बिताएका हरेक दिनहरुको हर्जाना तिराईएको छ।तीमिले पाएका पिडाहरुको तिरस्कारहरुको उल्टो तिम्रो देशले हर्जाना तिर्नु परेको छ र तिम्रो अस्मिता माथी दाग लगाईएको छ।
यो कस्तो बिदम्बना हो यो कस्तो अन्याय हो?
आजको अत्याधुनिक युगमा के सहि के गलत के अन्याय के न्याय सबैले छुट्याउन सक्ने भएका छौं जोया। हो तिमि बिदेसि केटि थियौ र तिम्रो पीडा पनि बिदेशीको पीडा जस्तो लाग्यो होला कसैकसैलाई।कसैलाई यि फिलिहरु लाई यस्तै व्यबहार गरिनु पर्छ किनकि यिनिहरु चरित्रहित हुन्छन। हो आमरुप मा यस्तै यस्तै मान्यता छ आम मान्छेहरुमा फिलिपिनी महिला प्रती।तर म सत्य मान्दिन यस्ता आम गलत हल्लाहरुलाई।
किनकि सबै फिली केटिहरु चरित्रहिन हुँदैनन।र कुनै पनि कुरा सबै नराम्रा र सबै नराम्रा हुँदै हुँदैनन।हरेक ठाउँमा हरेक देशमा हरेक समाजमा राम्रा कुराहरु संग संगै नराम्रा बिकृतिहरु नराम्रो परिवेशहरु हुन्छन्। अनि अर्को महत्त्वपूर्ण कुरो तिमी ले जसलाई प्रेम गरेउ,आफ्नो प्राण भन्दा बढी प्रेम गरेउ।नत्र त्येही नेपाली संग नै बिहे गर्नु र उसैको लागि आफ्नो जिन्दगी नै दाउमा किन लगाउँने थियौ र? यति ठुलो संसारमा तिमी जस्ती सुन्दर रुपवान केटिले अरु पनि केटाहरु भेट्न् सक्थेउ।
तर यो प्रेमको लिला नै अपरम्पार छ।यहि प्रेमको लागि ठुला ठुला युद्दहरु भएका छन्।कैयौं प्रेमीहरु यहि प्रेममा डुबेर आफुलाई विलीन बनाएका छन।कतिले आफ्नो ज्यान दिए कतिले प्रेमकै नाममा अरुको ज्यान लिए।
त्येसैले जोया,कसैलाई प्रेम गरेकै कारण तिमिले परदेशी भुमिमा पाउनु दु:ख पायौ।भाषा बोलिचाली रहनशहन उठाईनसाई बेग्लै भएको बिरानो ठाउँमा तिमिले आफ्नो कल्कलाउँदो जोवन सिंचाई गर्दै आफुलाई जीवनको सबैभन्दा महत्वपूर्ण कुरा आफुलाई आमा बनायौ।भनिन्छ, एक साधारण ब्यक्तिले जस्तातस्ता परिस्थितिहरुको सामना गर्न सक्दैनन् तर एउटि आमाले हरेक परिक्षा र परिस्थितिको सामना गर्न सक्छन्।
यसैले त तिमिले यतिका दु:ख पायौ।तिम्रा दुई छोराहरुलाई छोड्न सकेनौं, उनिहरुको बाबुले निभाउन नसकेको कर्तब्य तिमिले सहर्ष स्विकार र्गर्दै आफ्ना दुई संन्तान लिएर हाँसिखुसी आफ्नो देश फर्कन सकेउ।साच्चिकै भन्नुपर्दा तिमिले तिम्रो प्रेमीबाट कानुनत रुपमा बैधानिकता पाउँन सक्छौ र तिम्रा छोराहरुले बाबुको नाममा सम्पुर्ण अधिकार पाउन सक्छन् ।त्यो उनिहरुको जन्मसिद्द अधिकार हो।हो हाम्रो कानुनले तिमिलाई र तिम्रा छोराहरुको जन्मसिद्द अधिकार दिनै पर्छ।।त्येसैले यसपाली तिमी गए पनि जुनैपनी दिन तिमी तिम्रो इच्छा भएको खन्डमा फर्केर आफ्नो गुमेको हक अधिकार प्राप्त गर्न सक्नेछौ। र तिमिलाई साथ दिने हामी जस्ता हजारौं नेपाली हुनेछौं।
यो लेख तयारी गरिरहँदा सम्म तिमी तिम्रो देश पुगिसकेकी छौ होला जोया, या तिमी यात्रा मै छौ कि त।तर तिम्रो पिडादायी कथाले हामी सम्पुर्ण नेपालीको मन पोलेको छ।छट्पटी भएको छ।किनकि देशले सिमाना छुट्याउछ, भाषा छुट्याउंछ तर मानाबिय समवेदना र भावना छुट्याउन सक्दैन।किनकि मानबिय व्यबहार र मानबिय धर्मको कुनै सिमाना हुदैन जोया।
त्येसैले तिमिलाई तिम्रो अवस्थाको लागि हामी सम्पुर्ण नेपालीको तर्फबाट माफी माग्न चाहन्छु।किनकि तिमि संग जे जे गलत कुराहरू बित्यो त्यो हाम्रो लागि समेत असह्य र गलत नै हो।कुनैपनि स्वाभिमानी नेपालीले आफ्नो देशमा आएका चाहे जुनै बिदेशी हुन चाहे जुनै सम्बन्ध जोडेर आएका हुन, तिनीहरु प्रती अन्याय र नराम्रो ब्यबहार गरेको सहदैनौं। अझ त्येसमाथी तिमी त बिदेशमा आपतमा परेको नेपालीलाई सहयोग गरेर हाम्रो देशमा भित्रीएकि थियौ।
हो तिम्रै जस्तै पिडाले पिडित नारिहरु हाम्रा देशमा हजारौं छन्।तर ती स्वदेशि हुन।जसले आफ्नै देशमा घरेलु हिंसाको सिकार भएका छन् ।सैयौंको संख्यामा नारिहरु बलात्कार, दाइजो र असीमित रुपमा पिडित भैरहेका छन्। र यस्ता घटनाहरु पक्कै राम्रो घटना हुँदै होइनन्।यसैले हामिले गलत कुराहरुलाई गलत नै भन्न सक्नु पर्दछ।जुनै पनि घरमा आमा छोरि दिदिबहिनी हुन्छन्।र तिमिलाई जस्तै पीडा हाम्रा छोरिचेलीलाई नपर्ला भनेर ग्यारेन्टी यहाँ कसैले दिन सक्दैनौं।यसैले हामिले नै हाम्रा छोरीचेलिलाई सजक हुन र सके सम्म आफ्नो सुरक्षा आफै गर्न सिकाउनु पर्दछ।यो आजको युगको माग पनि हो।
अंन्तमा: नेपाल बस्दा तिमिले जे जस्तो नराम्रो व्यबहार भोग्न पर्यो, ती सबै नराम्रा कुराहरु तिता यथार्थ भनेर सधैंको लागि भुलिदिनु जोया। तिम्रा दुई छोराहरु हाम्रो छोरा हुन।नेपाली रगत हुन।हामी बिच हाम्रो देशको नाता छ।ती दुई छोराहरुलाई उसको बाबा जस्तो नबनुन भनेर सक्दो सचेत बनाउनु जोया।नत्र भोलि अर्कि जोया बन्न के भर भो र? यसैले आउँदा दिनमा तिमी यो भन्दा अझ बलियो कर्मनिस्ठ भएर अगाडी बढ्नु।अन्य तिम्रो जस्तै पीडा भएका नारीहरुको लागि प्रेरणाको श्रोत बन्न सक्नु, तिमिलाई यहि सुभकामना म हामी नेपालीको तर्फबाट।।
उहीँ तिम्री नेपाली दिदी
अन्जु पन्त

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv