नेपालबाट अमेरिका मानव तस्कर गर्ने अन्तर्राष्ट्रिय गिरोहका २ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। रुकुम घर भए ललितपुर महालक्ष्मीस्थान बस्ने नबराज खत्री र बाग्लुङ घर भइ लैनचौर बस्ने सागर सिरिशलाई पक्राउ गरिएको एसएसपी सर्वेन्द्र खनालले बताए। उनीहरुले मानव तस्करका लागि अन्तर्राष्ट्रिय गिरोह बनाएको खनालले बताए।
नवलपरासीका प्रेम नारायण महतो लगायतलाई अमेरिका लैजाने भनि उनीहरुले ३० लाख रुपैयाँ लिएका थिए। ३० लाख सम्म रकम लिई मानव तस्करी गरी वेचविखन ओसारपसार गर्ने उद्देश्यले काठमाडौबाट दिल्ली, वैंकक, जापान, फ्रान्स, मेक्सिको हुदै अमेरिका लैजान लागेको अवस्थामा महतो ४० हजार डलरसहित पक्राउ परेका थिए।उनलाई अनुसन्धान गर्ने क्रममा खत्री र सागरले उनलाई अमेरिका पठाउन लागेको खुल्न आएको हो ।
पछिल्लो समय महतोसँगै अन्य ३ जना उनीहरुको प्रलोभनमा परेका थिए।
अनुसन्धानबाट खुल्न अाएका कुरा
मानव तस्करी गर्न प्रयोग गर्ने रुट नं. १ (काठमाण्डौ–दिल्ली–फ्रान्स–मेक्सिको–अमेरिका)
सागर श्रीस, नविन भन्ने नवराज खत्री समेतले विभिन्न देशको रुटबाट अन्तराष्ट्रिय संजाल मार्फत मानव तस्करी गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी काठमाण्डौमा मानिसहरु जम्मा गरी प्रतिव्यक्ति रु. २० लाख देखि रु.३० लाख सम्म तिन किस्ता गरी लिई काठमाण्डौको एयरपोर्ट हुँदै दिल्लीमा पठाउने गरेको ।
दिल्लीमा रहेका एजेन्टले सागर श्रीस, नविन भन्ने नवराज खत्री समेतले पठाएका मानिसहरु रिसिभ गरी वैकक पठाउने गरेको । वैककमा रहेका एजेन्टले रिसिभ गरी फ्रान्स ट्रान्जिट गरी मेक्सीको पठाउने गरेको । मेक्सिकोमा पुगेपछि सवै मानिसहरु अलपत्र पदर्छन, त्यसपछि उनीहरुलाई मेक्सिको प्रहरीले पक्राउ गरी थुनामा राख्ने गरेको । थुनामा रहेका मानिहरुलाई त्यहा रहेका
एजेन्टले अप्रत्यक्ष रुपमा थाहा नपाएको जस्तो गरी भेटी कानुन व्यवसायीसँग सम्पर्क गराई दिने गरेको । कानुन व्यवसायीले थुनामा परेका व्यक्तिहरुसँगबाट प्रतिव्यक्ति १०,०००।– डलर लिई कानुनी सहजताको काम गर्ने गरेको ।
त्यस पश्चात कानुन व्यवसायीले कानुनी प्रक्रिया मिलाई मेक्सिको प्रहरीको थुनाबाट मुक्त गरी अमेरिकाको टेक्सासको शरणार्थी क्याम्पमा राख्ने व्यवस्था मिलाउने गरेको ।
मानव तस्करी गर्न प्रयोग गर्ने रुट नं. २ (काठमाण्डौ–दिल्ली, जापान ट्रान्जिट हुँदै मेक्सिको–अमेरिका)
सागर श्रीस, नविन भन्ने नवराज खत्री समेतले विभिन्न देशको रुटबाट अन्तराष्ट्रिय संजाल मार्फत मानव तस्करी गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी काठमाण्डौमा मानिसहरु जम्मा गरी प्रतिव्यक्ति रु. २० लाख देखि रु.३० लाख सम्म तिन किस्ता गरी लिई काठमाण्डौको एयरपोर्ट हुँदै दिल्लीमा पठाउने गरेको ।
दिल्लीमा रहेका एजेन्टले सागर श्रीस, नविन भन्ने नवराज खत्री समेतले पठाएका मानिसहरु रिसिभ गरी जापान ट्रान्जिट हुँदै मेक्सिको पठाउने गरेको । मेक्सिकोमा पुगेपछि सवै मानिसहरु अलपत्र पदर्छन, त्यसपछि निजहरुलाई मेक्सिको प्रहरीले पक्राउ गरी थुनामा राख्ने गरेको ।
थुनामा रहेका मानिहरुलाई त्यहा रहेका एजेन्टले अप्रत्यक्ष रुपमा थाहा नपाएको जस्तो गरी भेटी कानुन व्यवसायीसँग सम्पर्क गराई दिने गरेको । कानुन व्यवसायीले थुनामा परेका व्यक्तिहरुसँगबाट प्रतिव्यक्ति १०,०००।– डलर लिई कानुनी सहजताको काम गर्ने गरेको । त्यस पश्चात कानुन व्यवसायीले कानुनी प्रक्रिया मिलाई मेक्सिको प्रहरीको थुनाबाट मुक्त गरी अमेरिकाको टेक्सासको शरणर्थी क्याम्पमा राख्ने व्यवस्था मिलाउने गरेको ।
मानव तस्करी गर्न प्रयोग गर्ने रुट नं. ३ (काठमाण्डौ–सिंगापुर–जापान–मेक्सिको–अमेरिका)
सागर श्रीस, नविन भन्ने नवराज खत्री समेतले विभिन्न देशको रुटबाट अन्तराष्ट्रिय संजाल मार्फत मानव तस्करी गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी काठमाण्डौमा मानिसहरु जम्मा गरी प्रतिव्यक्ति रु. २० लाख देखि रु.३० लाख सम्म तिन किस्ता गरी लिई काठमाण्डौको एयरपोर्ट हुँदै सिंगापुरमा पठाउने गरेको । सिंगापुरमा रहेका एजेन्टले सागर श्रीस, नविन भन्ने नवराज खत्री समेतले पठाएका मानिसहरु रिसिभ गरी टिकेटिङ गरी जापान ट्रान्जिट हुँदै मेक्सिको पठाउने गरेको ।
मेक्सिकोमा पुगेपछि सवै मानिसहरु अलपत्र पदर्छन, त्यसपछि निजहरुलाई मेक्सिको प्रहरीले पक्राउ गरी थुनामा राख्ने गरेको । थुनामा रहेका मानिहरुलाई त्यहा रहेका एजेन्टले अप्रत्यक्ष रुपमा थाहा नपाएको जस्तो गरी भेटी कानुन व्यवसायीसँग सम्पर्क गराई दिने गरेको । कानुन व्यवसायीले थुनामा परेका व्यक्तिहरुसँगबाट प्रतिव्यक्ति १०,०००।– डलर लिई कानुनी सहजताको काम गर्ने गरेको ।
त्यस पश्चात कानुन व्यवसायीले कानुनी प्रक्रिया मिलाई मेक्सिको प्रहरीको थुनाबाट मुक्त गरी अमेरिकाको टेक्सासको शरणर्थी क्याम्पमा राख्ने व्यवस्था मिलाउने गरेको । मानव तस्करी गर्दा काठमाण्डौमा मानिसहरुसँग सम्पर्क गरी काठमाण्डौको एजेण्टले प्रतिव्यक्ति रु. १० लाख लिने, मेक्सिको पुगेपछि कानुन व्यवसायी जेनिसाले रु. १० लाख लिने गरेको र अमेरिकाको टेक्सासको शरणर्थी क्याम्पमा पुगेपछि रु. १० लाख गरी तीन किस्तामा जम्मा रु. ३० लाख सम्म रकम लिने गरेको वुझिएको ।
Post a Comment