Latest Updates :

एकै परिवारका चारजनामाथि धारिलो हतियारले आक्रमण


SHARE THIS POST :


धनुषा । धनुषाको यदुकोहामा एकै परिवारका चारजनामाथि धारिलो हातियार प्रहार गरिएको छ ।   इलाका प्रहरी कार्यालय यदुकोहाले दिएको जानकारीअनुसार यदुकोहा–४ बस्ने रामओधी दास तत्माको घरमा गएराति अज्ञात समूहले आक्रमण गरेको हो ।   प्रहरीका अनुसार राति करिब १ बजे आधा दर्जनभन्दा बढीको संख्यामा आएका अज्ञात समूहको आक्रमणमा परी घरमूली आयोधी दास तत्मा, उनकी ५० वर्षीया श्रीमती फूलकुमारी देवी, छोरी १७ वर्षीया प्रमिला र आठ वर्षीया रिंकु धारिलो हतियार प्रहारबाट घाइते भएका छन् ।   उनीहरुलाई टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । घाइते चारैजनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।   पीडित परिवारका अनुसार उक्त समूहले घरबाट नगद एक लाख र ५० हजार मूल्य बराबरको सुनचाँदीका गरगहना गरी एक लाख ५० हजारभन्दा बढीको धनमालसमेत लुटेर लगेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इप्रका यदुकोहाले जनाएको छ । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv