Latest Updates :

प्रधानमन्त्री प्रचण्डकी पत्नीले अमर्यादित व्यवहार देखाएको भन्दै सीताको तस्विर भाइरल, सामाजिक संजालमा सिता बनिन् भाइरल (तस्विर सहित)


SHARE THIS POST :
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३
भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता सुरु गरेका छन्। प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी मोदीले हैदरावाद हाउसमा केही मिनेट अगाडि स्वागत गरेका छन्।


भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले दुई प्रधानमन्त्रीवीचको भेटले सम्बन्धमा नयाँ उर्जा दिएको बताएका छन्। दुई देशका प्रधानमन्त्रीवीच सुरुमा एक्ला एक्लै वार्ता हुनेछ र त्यसपछि मात्रै दुईपक्षीय अौपचारीक वार्ता सुरु हुनेछ। प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा प्रचण्ड पत्नी सीता पौडेल पनि सहभागी छिन् । भारत पुगेकै दिन बिहीबारबाटै प्रधानमन्त्री प्रचण्डले राजनीतिक भेटवार्ता सुरु गरे । बिहीबार र शुक्रबार भएका राजनीतिक तथा उच्चस्तरीय भेटवार्ताका क्रममा प्रचण्ड पत्नी सीता पनि सँगै देखिन्छिन् ।


तर, पति प्रचण्ड भेटवार्तामा रहँदा पत्नी सीताको उपस्थिति अमर्यादित रहेको भन्दै सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चर्काे आलोचना भइरहेको छ । आलोचना सहित पोष्ट गरिएका ती तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका हुन् । तस्विरहरु हर्दा लाग्छ साच्चै प्रचण्ड पत्नी सीताले यो के गरेकी हुन् भन्ने सबैको मनमा अवस्य प्रस्न उठाएको छ |

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv