Latest Updates :

धरानमा अज्ञात समूहदुवारा मोटरसाइकलमा आगजानी


SHARE THIS POST :
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३


धरान / प्रतिष्ठानको हाताभित्र रहेको कर्मचारी आवासीय गृह बी टु भवनमा अज्ञात समूहले मोटरसाइकलमा आगजानी गरेका छन् । बि टु भवनमा त्यहा कार्यरत कर्मचारीहरुले पार्किङमा राखेको दुई वटा मोटर साइकल र एउटा स्कुटरमा आगलागी हुदा एउटा मोटरसाइकल पूर्ण रुपमा कामै नलाग्ने गरी क्षति भएको छ भने एउटा मोटरसाइकल र एउटा स्कुटरमा सामान्य क्षति भएको छ । आगलागीमा गुमानसिंह ठटालको को २६ प २१४ नम्बरको एभेन्जर मोटरसाइकल पूर्ण रुपमा डढेर खरानी भएको छ भने फलमाया माझीको को १७ प ६०९ नम्बरको निलो पल्सर र सर्मिला परियारको को १९ प ४२०१ नम्बरको होन्डा स्कुटीमापनि क्षति पुगेको छ । आगजनीपश्चात उनीहरुले सरमान लिम्बुको को १ ह ३२४४ नम्बरको टेम्पोमा राखेको नगद ३ हजारसहित टेम्पोको कागजपत लगेका छन् ।
त्यस्तै त्यहा पार्किङमा राखिएका २० वटा भन्दा बढी मोटरसाइकलको तेल पाइप बीचमा काटेर तेल निकालिएको अवस्थामा भेटिएको छ ।
विहान करिब ४ बजेको समयमा क्वाटरमा बसिरहेको समयमा मोटरसाइकलमा आगलागी भइरहेको थाहा पाएपछि सबै मिलेर आगो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी दिपा शेर्पाले बताउनुभयो । यो दुर्घटना प्रतिष्ठानको सुरक्षा जिम्मा लिएर बसेका केटिएमका कर्मचारीको लापारबाहीको कारण भएको जि टु भवनमा बस्ने कर्मचारीहरुले आरोप लगाएका छन् ।

उनीहरुले विगतमा समेत मोटरसाइकलको तेल चोरी हुदा केटिएमलाई बारम्बार जानकारी गराएको बताउदै केटिएमको सुरक्षा संवेदनशीलता नभएकै कारण अहिले यो घट्ना घटेको आरोप लगाएका छन् ।.. सेक्युरिटी सर्भिसका सुरक्षा प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले राति १२ बजे जि टु भवनबाट तेल चोरी ‘हुदैछ भन्ने खबर पाएपछि केटिएमका सुरक्षाकर्मीलाई खटाएको बताउनुभयो । गस्ती खटाउदा खटाउदै पनि त्यस्तो घटना घटेको बताउदै जि टु भवन एरियामा बस्ने मानिसहरुदे नै यो घट्ना घटाएको हुनसक्ने आशंका गर्नुभयो ।

उहाले घट्ना स्थलबाट एउटा भेष्ट समेत फेला परेकोले घटना घटाउनेको तत्काल खोजी गरी कारबाही गर्ने बताउनुभयो । घटनापश्चात प्रतिष्ठानको हाताभित्र रहेकोृ अस्थायी प्रहरी विट र जि टु भवनदेखि १ सय मिटर दूरीमा रहेको केटिएम सेक्युरिटी सर्भिसको सुरक्षा संवेदनशिलतामाथि समेत प्रश्न चिन्ह लागेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv