Latest Updates :

रिक्सा चालकले ५० हजार प्रहरीलाई बुझाए


SHARE THIS POST :


by एस काठमाडौं
 मङ्गलबार २८, भदौ २०७३
दाङ । दाङका एक अटोरिक्सा चालकले फेला पारेको रु ५० हजार प्रहरीलाई बुझाएका छन् ।

दाङ गढवा चौक निवासी २२ वर्षीय महेश चौधरीले रा।१ च १०५० नम्बरको आफ्नो अटोरिक्सामा मङ्गलबार बिहान रु ५० हजार फेला पारेका थिए ।

प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहका अनुसार अटोरिक्सा चालक चौधरीले सिटमुनी फेला परेको रु ५००।– र रु १००।– का रु ५०,००० कोे बिटो प्रहरीलाई बुझाएका हुन् ।

उनले उक्त रकम गढुवा बजार आसपासमा बस्ने कुनै व्यक्तिको हुनसक्ने उल्लेख गर्दै सम्बन्धित व्यक्तिको पहिचान गरी रकम फिर्ता दिलाउन प्रहरीलाई आग्रह समेत गरेका छन् । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv