Latest Updates :

ज़िल्ला चितवन पिप्ले गाविस वडा न १ हाल राप्ति नगरपालिका वडा न ४ स्थाई बसोबास होमराज डल्लाकोटीको दुवै मृगौलाले काम गर्न छाडेपछि


SHARE THIS POST :
ज़िल्ला चितवन पिप्ले गाविस वडा न १ हाल राप्ति नगरपालिका वडा न ४ स्थाई बसोबास होमराज डल्लाकोटीको दुवै मृगौलाले काम गर्न छाडेपछि डल्लाकोटी परिवार होमराजको उपचारमा जुटेको छ ।
भारतको एपोलो अस्पतालमा लगेर उपचार गर्नुपर्ने नेपाली चिकित्सकहरुको सल्लाह पछि उपचारका लागि एपोलो अस्पताल पुगेको भएपनि अस्पतालले मृगौला दान गर्ने व्यक्ति विरामीको आफन्त हुनुपर्ने र निजको डिएनए परीक्षण गरेर मात्र विरामीको उपचार अघि बढाउने वताएपछि विरामीको उपचार झनै संकटमा परेको छ । मध्यम बर्गिय डल्लाकोटी परिवारको लागि उपचारका लागि चाहिने आर्थिक श्रोत जुटाउनु पर्ने चुनौति एकातिर रहेको छ भने अर्को तिर विरामीको रक्त समूह मिल्ने आफन्त नहुंदा झनै समस्या भएको छ ।
चितवन जिल्ला पिप्ले गाविस वडा नम्बर १ हाल राप्ती नगरपालिका वडा नम्बर ४ बस्दै आईरहेका ३३ बर्षिय होमराजको अचानक दुवै मृगौला फेल भई काम गर्न छाडेको चिकित्सकहरुले वताएका छन । एपोलो अस्पतालले मृगौला प्रत्यारोपण गरे उपचार सम्भव हुने वताएको र सो कार्य निकै महंगो भएकाले उपचारका लागि आर्थिक समस्या भएको लोकनाथले वताउनु भयो ।
उपचार पद्धति महंगो भएका कारण शुभचिन्तक,इष्टमित्र,आफन्तहरुसँग धेर थोर सहयोग माग्नु परेको डल्लाकोटी परिवारले जनाएको छ । होमराजको उपचारमा सहयोग गर्न चाहनेले उनका दाजुहरु जीवन डल्लाकोटी ९८४८१५१३२९,लोकनाथ डल्लाकोटी ९८४९२१२०९० र चेतनाथ डल्लाकोटीलाई सम्पर्क राख्न सकिनेछ ।
आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले होमराजकी श्रीमती सूर्यकला तिमिल्सिनाको नाममा रहेको हिमालयन बैक पर्सा शाखाको खाता नम्बर ०३००२७७६४७००१९ मा जम्मा गर्न सकिने विरामीका आफन्तहरुले वताएका छन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv