Latest Updates :

सुर्खेतमा बस दुर्घटना हुँदा ३९ घाइते, ६ जनाको अवस्था गम्भीर:


SHARE THIS POST :
दुर्घटनामा परी घाईते भएकी गोगनपानि ६ दैलेख निवासी कृणा मल्ल।


नेपालगन्ज,२६ भदौ ।

धेरै यात्रु बोल्न सक्दैनन्

नेपालगन्जः नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा ३९ यात्रु घाइते भएका छन् । ना ३ ख ४७३५ नम्बरको मध्यपश्चिम यातायातको बस रत्न राजमार्ग अन्तर्गत बाँके र बर्दियाको सीमा नजिक देउराली डाँडामा दुर्घटना भएको हो ।

बस घुम्तीमा दुर्घटना भएको घाइते यात्रुले बताएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचार भइराखेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्ले जानकारी दिए ।

घाइते ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेका अनुसार बस देउरालीको पहिलो घुम्तीमा मोडिनुपर्नेमा अनियन्त्रित हुँदा ३० मिटर तल खसेको थियो ।

घाइतेलाई शिक्षण अस्पताल कोहलपुरको इमर्जेन्सी कक्षमा बेड अभाव भएपछि भुइँमा राखेर समेत उपचार भइरहेको अस्पतालले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका हवल्दार प्रेम हमालका अनुसार धेरै यात्रु बोल्न सक्दैनन् । ‘धेरैजसो यात्रु बोल्न नसक्ने अवस्थामा रहेकोले नाम र ठेगाना खुल्न सकेको छैन,’ हवल्दार हमालले भने, ‘अहिलेसम्म धेरैको नाम र ठेगाना खुल्न सकेको छैन ।’ बस भिरको रुखमा अड्किएकोले उद्धारमा समस्या भएको समेत उनले बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv