Latest Updates :

फेरी आज बिहान त्रिशूली नदीमा ट्रक खस्यो दुईको मृत्यु,दुई गम्भीर घाइते


SHARE THIS POST :


२१ भदौ, चितवन । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुर्इकाे मृत्यु भएको छ । बिहान पाैने चार बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट ट्रक त्रिशूलीमा खसेको हो । दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खसेको हो । मृतक अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । घाइते बारा जिल्लाको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साह छन् । दुवै घाइतेको उपचार कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा भइरहेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv