Latest Updates :

पहिले किस्मत २ सँग हलको बिहे गरीदिन्छु,जन्ती दर्शक हुनेछन्,त्यसपछि मात्र बिहेको बारेमा सोच्ने होःनिर्माता छबि ओझा


SHARE THIS POST :

फिल्म निर्माताहरुको रोजाईमा बिशेष गरी चाडपर्वको अवसरमा आफ्नो फिल्मलाई दर्शकमाझ ल्याउने धेरैले जमर्को गरीरहेका हुन्छन् । यो वर्षको हिन्दु धर्मावलम्बिहरुको महान चाड दशैंको अवसरमा यहि असोजको २१ बाट पाका निर्माता छबिराज ओझाको फिल्म ‘किस्मत २’ रीलीज हुदैछ । १० वर्ष अगाडी निर्माण गरीएके किस्मत फिल्मको सिक्वेल फिल्मको रुपमा (किस्मत २)रहेको छ । किस्मत फिल्मको कथाबस्तुलाई सीरीज फिल्ममा पनि निरन्तरता दिईएको निर्माता ओझाले बताएका छन् । निर्माता ओझाको कानुनी रुपमा अभिनेत्री रेखा थापा सँग डिभोर्स गरेसँगै अर्को अभिनेत्री शील्पा पोखरेलल सँग बिहे गर्छन् भने चर्चा पनि चलीरहेको छ । यस सन्दर्भमा निर्माता ओझाले पहिले आफ्नो फिल्म किस्मत २ सँग हलको बिहे गरी दिने बताएका छन् । त्यस्तै जन्तीको रुपमा दर्शक हुने बताउँदै त्यसपछिको बाँकी समयमा चाँही अर्को बिहेको तरखरमा रहेको निर्माता ओझाले बताउँछन् ।

‘किस्मत २’फिल्ममा समाबेश अमृत रेग्मीको शब्दलाई गायक उदित नारायण झाले स्वरबद्ध गरेका छन् । फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । निर्देशक लामिछानेका अनुसार फिल्मले मान्छेको भाग्यामा हुने विभिन्न प्रकारका तीता मीठा कथाहरुलाई फिल्मको लीड कलाकार शील्पा पोखरेलबाट पर्दामा प्रस्तुत गरीएको छ । प्राय फिल्महरुमा बिषेश गरी अभिनेता लीड रोलमा रहे पनि ‘किस्मत २’फिल्ममा भने अभिनेत्री लीड रोलमा रहेकी छिन् । साथै फिल्मको लीड कलाकार शिल्पा पोखरेलले अपर मुस्ताङको टिपिकल युवती देखि शहरीया युवतीको रोलमा समेत फिल्ममा अभिनय गरेकी निर्देशक लामिछानेले जानकारी गराएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv